शनिबार, आश्विन १७ गते २०८३

सहकारीमा व्यक्ति हावी हुँदा अहिले समस्या देखियोः रजिष्ट्रार पण्डित

पौष १५, २०७९ शुक्रबार
सहकारीमा व्यक्ति हावी हुँदा अहिले समस्या देखियोः रजिष्ट्रार पण्डित


सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीमा सामुहिक निर्णय भन्दा पनि अध्यक्ष तथा व्यवस्थापकले मात्रै  व्यक्तिगत तवरले  निर्णय गर्ने प्रवृत्तिका कारण अहिलेको समस्या आएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को १२ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

सहकारीहरुले मुल्य, मान्यता र सिद्धान्त बाहिर गएर घरजग्गा लगायत अनुत्पादक क्षेत्रमा लगानी गरेको कारण अहिलेको अवस्था आएको समेत उनकाे भनाइ छ । सरकारले भू–उपयोग नीति मार्फत जग्गाको वर्गिकरण गर्ने निति लिएका कारण कित्ताकाट बन्द भएकाले पनि संस्थाहरु थप समस्यामा परेको उनले जनाए । समस्या आएपछि सभाधानको लागि अभियानको तर्फबाट राज्यसँग गहन छलफल समेत नगरेको भन्दै बचत फिर्तामा ५ प्रतिशतको सिमा तोक्दा सहकारी अभियान झनै समस्यामा परेको रजिष्ट्रारले बताए  ।

कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिहरुको गैर जिम्मेवारपूर्ण अभिव्यक्ति र बैंक तथा वितीय संस्थाका कारण सहकारी समस्यामा परेको बताए । राज्यले लिएको निति र बैंक तथा वितीय संस्थाले बढाएको व्याजका  कारण सहकारीमा यो अवस्था सृजना भएको उनको भनाई छ ।

दुई बर्ष अघिसम्म बैंकले निक्षेपमा दिने व्याज ५-६ प्रतिशत रहेकोमा अहिले १५-१६ प्रतिशत पुगेको भन्दै उनले थपे ‘सहकारीमा भने सन्दर्भ व्याजदरका कारण बचतको व्याजदर बढाउन सकिएको छैन ।’ सहकारीलाई  संस्थागत सुशासनमा लैजान आवश्यक रहे पनि अहिलेको समस्याबाट छुट्कारा दिलाउनु नै पहिलो प्राथमिक्ता रहेको अध्यक्ष उप्रेतीले बताए । 

320756021_3475404172705372_39829647747169948_n.jpg

सहकारी पत्रकार समाजलाइ ३ तहको सरकार, राष्ट्रिय सहकारी महासंघ, सहकारी बैंक र केन्द्रिय संघहरुसँग साझेदारी गरेर अघि बढ्न उनले सूझाए । सबै मिडियामा कार्यरत पत्रकारहरुलाई सिजेएनमा आवद्ध गराउन सुझाव दिदै उनले त्यपछि पत्रकारको क्षमता अभिवृद्धिका लागि आफु आवद्ध संघसंस्थाले सघाउने समेत उनले सुनाए ।

कार्यक्रममा सहकारी बैंकका सञ्चालक ध्रुवनारायण यादव, सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाई, पुर्व अध्यक्ष डिल्ली सापकोटा र निवर्तमान अध्यक्ष खिला दाहालले शुभकामना मन्तव्य राखेका थिए । सिजेएनका अध्यक्ष काजी श्रेष्ठको सभापत्तिवमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष प्रयास श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले अध्यक्ष र काेषाध्यक्षद्वार प्रस्तुत गरिएकाे प्रतिवेदन पारित गरेकाे छ । सभाकाे सञ्चालन सचिव अर्जुन खतिवडाले गरेका थिए ।

 

 

 

 

 


ुव