शनिबार, आश्विन १७ गते २०८३

नवनियुक्त प्रधानमन्त्रीलाई परिसंघले बुझायो अर्थतन्त्र पुनरोत्थानको अवधारणा

पौष १२, २०७९ मंगलबार
नवनियुक्त प्रधानमन्त्रीलाई परिसंघले बुझायो अर्थतन्त्र पुनरोत्थानको अवधारणा

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रलाई प्राथमिकितामा राखेर सरकारका अघि बढ्ने बताएका छन् । मंगलबार बधाई एवं शुभकामना दिन प्रधानमन्त्रीको निजी निवास खुमलटार पुगेको नेपाल उद्योग परिसंघको टोलीसँग प्रचण्डले त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने विश्वास दिलाए ।

अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई बधाई एवं शुभकामना दिँदै चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएका थिए । त्यसक्रममा परिसंघले सङ्कटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने कदमसहतिको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा प्रधानमन्त्रीलाई बुझाएको छ ।

अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र, औद्योगकि प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत अवधारणामा परिसंघले बुझाएको छ । अवधारणापत्र बुझ्दै प्रम दाहालले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताएका थिए ।