महाकाली बचत तथा ऋण सहकारी संस्थाको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काठमाण्डौका अध्यक्ष एवं बागमती प्रदेश सभाका सांसद ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यता एवं कागेश्वरी मनहरा नगरपालिकाका पूर्व मेयर कृष्णहरि थापाको िवशेष आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
कागेश्वरी मनहरा नगरपालिकामा २०७७ सालमा स्थापना भएको उक्त संस्थाले छोटो समयमा वित्तीय सूचांकमा उल्लेख्य सफलता हासिल गर्न सकेको संस्थाका अध्यक्ष बालकुमार बाँस्तोलाले बताए । सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै उनले समृद्ध जीवनका लागि सहकारी भन्ने मूल लक्ष्य लिएर स्थापना भएको संस्थाले संस्थागत सुशासन, आर्थिक पारदर्शिता र समृर्द्धिलाइ मूलमन्त्र मानेको उलेख्य गरे । संस्थामा स्थानीय समुदायका प्रतिष्ठित बैंकर, प्रध्यापक, चिकित्सक, इञ्जिनियर, राष्ट्रसेवक कर्मचारी हरूको सहभागिता रहेको भन्दै अध्यक्ष बाँस्तोलाले सदस्यहरूकै विश्वासका कारण आर्थिक मन्दी र असहज वित्तीय परिस्थितिमा पनि संस्थाले वित्तीय सूचांकहरूमा छलाङ मार्न सकेको जनाए ।
सदस्यलाइ दिने प्रतिफल र बचत गर्ने सदस्यलाइ दिने ब्याजको अन्तरबाट नाफामात्र कमाउने उदेश्य संस्थाले नराखेको भन्दै उनले न्यून स्प्रेडदरमा सदस्यहरूलाइ वित्तीय सेवा उपलब्ध गराउँदै आएको सभामा बताए । सहकारीलाइ नाफा कमाउने भन्दा पनि एउटा साझा मञ्च बनाउने अभिप्राय रहेको जनाउँदै उनले समुदायका सबै वर्गलाइ समेटेर अगाडि बढ्ने उल्लेख गरे ।

उपयुक्त संस्थाको खोजी गरी एकापसमा मर्ज गराइ सदस्यलाइ अझै प्रभावकारी र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न समेत आफुहरू तयार रहेको उनको भनाइ छ । ३५ जना सदस्यबाट १–१ लाख पुँजी संकलन गरी स्थापना भएको संस्थामा २०७९ असार मसान्त सम्म १९३ जना सदस्यबाट ३ करोड ९६ लाख ६५ हजार शेयरपुँजी, ६ करोड ११ लाख ३१ हजार बचत संकलन र ७ करोड १२ लाख ९८ ऋण लगानी गरी ७ लाख ७२ हजार खुद मुनाफा आर्जन गर्न सकेको उनले सभामा जानकारी दिए ।
२०७७ कार्तिक २० गते सो नगरपालिकाभित्र बचत तथा ऋणको कारोबार गर्नका लागि दर्ता भएको उक्त संस्थाले २०७८ सालको फागुन महिनादेखिमात्र पूर्णकालिन सेवा सञ्चालन शुरू गरेको र त्यस पछिको छोटो अविध नै संस्थाले मुनाफा आर्जन गर्न सक्नु सबल पक्ष भएको उनको भनाइ छ ।
चालु आ.व. २०७९।८० को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै उनले नियमनकारी निकायबाट प्राप्त निर्देशनहरू पूर्ण पालना गर्ने, सदस्यलाइ केन्द्रमा राखेर कारोबार गर्ने, संस्थामा आवद्ध सबैका लागि शिक्षा तथा तालिमको आयोजना गर्ने, ऋणीको बीमा गर्ने बारेमा अध्ययन गर्ने, नियमित बचतकर्ता र समयमा ऋण चुक्ता गर्ने सदस्यलाइ संरक्षित पूँजी फिर्ताकोषको रकम फिर्ता गर्ने , प्रविधिमा आधारि सेवाहरू थप गर्दै जाने, अल्पकालिन र दीर्घकालिन रणनीति निर्माण गरी लागु गर्ने तथा मोबाइल एप्स निर्माण गरी स्मार्ट सहकारीको अवधारणा ल्याउने बताए ।
सभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै संयोजक लाल बहादुर बस्नेतले सहकारी विभागले कुल ऋणको ५१ प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेकाले सोही अनुरूप लगानी गर्न र बिना धितोको ऋण लगानीलाइ पूर्ण रूपमा बन्द गर्न सुझाव दिएका थिए । सभामा उल्लेख्य सदस्यहरूको सहभागिता रहेको थियो ।