आइतबार, कार्तिक ९ गते २०८३

तरकारी तथा फलफुल बजारका लागि सहकारी संघ काभ्रेले थाल्यो काम

पौष १०, २०७९ आइतबार
तरकारी तथा फलफुल बजारका लागि सहकारी संघ काभ्रेले थाल्यो काम

 

काभ्रे, जिल्ला सहकारी संघ लि। काभ्रेले निर्माण गरेको नयाँ सुविधा सम्पन्न भवनमा जिल्लास्तरीय तरकारी तथा फलफुल बजार सञ्चालन गर्न छलफल थालेको छ ।  जिल्ला भित्र सञ्चालनमा रहेका बहुउद्देश्यीय, कृषि, तरकारी, फलफुल सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको भेला गराई संघले यसबारेमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा अध्यक्ष दिलिप शर्माले औचित्य तथा उद्देश्य माथि प्रकाश पार्दै जिल्ला सहकारी संघ लि।ले जिल्ला तरकारी बजार सञ्चालनका लागि थालेको प्रयास र योजनाहरुका बारेमा जानकारी गराउँदै जिल्लामा उपलब्ध भएका सबै प्रकृतिका सहकारी संस्थाहरु र जिल्ला सहकारी संघ लि। सँगै मिलेर काम गर्न के कसरी सकिन्छ भन्ने सुझाव माग गरेका थिए । 

बनेपाआयोजित उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष विनोद पराजुली, कृषि संघका अध्यक्ष सुमन नेपाल, बहुउद्देश्यीय संघका उपाध्यक्ष कृण्णभक्त थापा, बजार बिज्ञ तिलसी प्रसाद गौतम, पुष्पराज जोशीको उपस्थित थियाे । कार्यक्रममा सहभागीहरुले किसानका समस्याहरुका बारेमा समेत जानकारी गराएका थिए । 

पहिलो चरणमा भएको यस्तो खालका कार्यक्रम जिल्लामा नै पहिलो, नौलो र उत्पादन र बजारीकरणसँग सम्वन्धित भएको कार्यक्रममा उपस्थित सहभागिहरुले धारणा व्यक्त गर्दै तरकारी बजार सञ्चालनका लागि सहकारी संस्थाहरुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे । 

विभिन्न सहकारी संस्थाका ४२ जना सहभागी रहेको उक्त कार्यक्रममा उत्पादन, बजार र बजारिकरण र सहकारी क्षेत्रले गर्नुपर्ने बिषय जिल्लामा आवश्यक कुशल व्यवस्थापन, सम्पर्क समन्वय गर्दै गुणस्तरीय तरकारी उत्पादन, प्याकेजिंग र ग्रेडिङ्ग सहित सरल मूल्यमा आम उपभोक्तहरु माझ पुर्याउने कार्यमा सबै सहकारी लाग्नुपर्ने र सहयोग गर्नुपर्ने धारणा संघका अध्यक्ष शर्माको थियो । संघले जिल्ला तरकारी तथा फलफुल बजार अबको दुई महिनामा नै सञ्चालन गर्ने लक्ष्य लिँदै कार्यक्रम समापन गरिएको थियाे।