आइतबार, कार्तिक ९ गते २०८३

सहकारी बैंक निर्वाचनः ५ पदमा निर्विरोध निर्वाचित

पौष ७, २०७९ बिहीबार
सहकारी बैंक निर्वाचनः  ५ पदमा निर्विरोध निर्वाचित

राष्ट्रिय सहकारी बैंकको सञ्चालक तथा लेखा सुपरिक्षण समितिमा गरी विभिन्न पदमा गरी ५ जना निर्विरोध निर्वाचित भएका छन् । 

बैंकको अध्यक्षमा केबी उप्रेती, गण्डकी प्रदेश संचालकमा राम बहादुर जिसी र मधेश प्रदेश संचालकमा विश्वनाथ मण्डल निर्विरोध भएका हुन् । त्यसैगरी लेखा समिति संयोजकमा लक्ष्मी उप्रेती र प्रदेश नंं. १ सञ्चालकमा महेन्द्र गिरि निर्विरोध भएका छन् ।

लेखा समिति संयोजमा २ जनाको उम्मेदवारी परेकोमा राजु पुरीको उम्मेदवारी खारेज भएसँगै उप्रेती निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै प्रदेश नं. १ बाट संचालकका लागि महेन्द्र गिरी र कृष्ण दाहालको उम्मेदवारी परेपनि दाहालले उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत भएका हुन् ।