आइतबार, कार्तिक ९ गते २०८३

जनउपकार सकोसले मनायो २६ औं स्थापना दिवस 

पौष ५, २०७९ मंगलबार
जनउपकार सकोसले मनायो २६ औं स्थापना दिवस 


गौरीशकर गाउँपालिका वडा नं. २, दोलखामा रहेको जनउपकार बचत तथा  ऋण सहकारी संस्थाले २६औं स्थापना दिवस तथा रजत जयन्ती समापन कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष लोकेन्द्र प्रकाश खड्काको सभापतित्व एवं दोलखा प्रतिनिधि सभा सदस्य गङ्गा कार्की (विश्व )को प्रमुख आतिग्यतामा  कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथि कार्कीले संस्थाले रजत बर्षको अवसरमा प्रकाशन गरेको जनउपकार स्मारिकाको समेत विमोचन गरेका थिए । संस्थाले रजत वर्ष समापन एवं स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम  आयोजना  गरेको छ ।साे अबसरमा २६ जना रक्तदाताले रक्दान गरेका थिए।

त्यसैगरी संस्थाले सो अवरसमा संस्थापक सदस्यहरुलाई सम्मान समेत गरेको छ । २०५४ सालमा स्थापना भएको उक्त संस्थाले बचत ऋणको माध्यमबाट सदस्यहरुको जीवनस्तर परिर्वतन गर्न उलेख्य भुमिका खेल्दै खाएको छ । संस्थाले सदस्यहरुको जीवन सुरक्षाको लागि सामाजिक सुरक्षा कोषको व्यवस्था गरी सुत्केरी भता,स्वास्थ्य उपचार खर्च, काजकृया खर्च, वृद्धभता र सदस्य सुरक्षा  कोषबाट आर्थिक् सहयोग उपलब्ध गराउँदै आएको छ ।

२५ वर्ष अघि ५४ जना शेयर सदस्यबाट शुरु भएको संस्थामा हालसम्म ६ हजार बढी सदस्य आवद्ध भइसकेका छन् । २०७९ असार मसान्तसम्म संस्थाको  २ करोड ९० लाख शेयर पूँजी, ३० करोड २१ लाख ४८ हजार बचत संकलन गरी कूल कारोबार ३६ करोड ८६ लाख ६५ हजार पुगेको छ ।

ग्रामीण जनताको वित्तीय पहुँच अभिवृद्धि गरी उनीहरुको आर्थिक सामाजिक रुपान्तरणमा संस्ताले अग्रणी भुमिका निर्वाह गर्दै आएको अध्यक्ष खड्काले बताए। संस्थाले विशेषत गौरीशंकर गाउँपालिकालाई आफ्नो कार्यक्षेत्र बनाएर वित्तीय काराेबार गर्दै आएको छ ।