ललितपुर महानगरपालिकाले साे पालिकाभित्र रहेकाे जग्गाजमीनको वर्गिकरण गर्ने काम सकेकाे छ । महानगरपालिकाको भू–उपयोग परिषदको बैठकले भू–उपयोग ऐनको दफा ५ र भू–उयोग नियमावली २०७९ को नियम ५ बमोजिम जग्गा वर्गिकरण कार्य सम्पन्न गरेको हो ।
महानगरको वडा नं ६ र १५ भित्र पर्ने पाटन औद्योगिक क्षेत्रले ओगटेको क्षेत्रलाई औद्योगिक क्षेत्र र वडा नैं १५ र २३ भित्र पर्ने कृषि अनुसन्धान परिषदले ओगटेको क्षेत्रलाई कृषियोग्य क्षेत्रमा वर्गिकरण गरी बाँकी अन्य २९ वटै वडाभित्रका जग्गाहरुलाई आवासीय क्षेत्रको रुपमा वर्गिकरण गरेको महानगरले जनाएकाे छ । त्यसका साथै महानगरभित्रका जग्गाको थप अध्ययन, विश्लेषण गरी बन क्षेत्र, सम्पदा क्षेत्र र अन्य क्षेत्रमा वर्गिकरण गर्ने निर्णय समेत भएको जनाइएको छ ।
महानगरका २९ वटै वडा कार्यालय र ललितपुर मालपोत कार्यालयलाई महानगरपालिकाले यसबारेमा सूचित गरिसकेको जनाएको छ ।
