आइतबार, कार्तिक ९ गते २०८३

जिल्ला सहकारी संघ  काभ्रेको तेश्रो सेवा केन्द्र पनाैतिमा

पौष १, २०७९ शुक्रबार
जिल्ला सहकारी संघ  काभ्रेको तेश्रो सेवा केन्द्र पनाैतिमा

 

काभ्रे, जिल्ला सहकारी संघ लि. काभ्रेले पनौती नगरपालिकामा आफ्नो सेवा केन्द्र विस्तार गरेको छ ।

पौष १ गते शुक्रबार पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीको प्रमुख अतिथ्यतामा उक्त सेवा केन्द्रको शुभारम्भ गरिएको हाे । जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा पनौती नगरपालिका, बेथानचोक गाउँपालिकाका सदस्य सहकारी संस्थाहरु र जिल्ला सहकारी संघ लि. का निवर्तमान अध्यक्ष विनोद पराजुली, कोअपरेटभ मेनेजर्स क्लवका अध्यक्ष मदन बस्नेतको उपस्थित रहेको थियो ।

करिब ६२ जना सहभागिहरु उपस्थित रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि भण्डारीले सहकारी संस्थाहरुको प्रवर्धन र विकासको लागि यस क्षेत्रमा जिल्ला सहकारी संघले थालेको प्रयासको प्रसंशा गर्दै  स्थानीयस्तरमा सञ्चालनमा रहेका सहकारी संस्थाहरु सबै मिलेर सहकारीमा देखिएका समस्या निराकरणका लागि संयूक्त रुपमा कार्य गर्दै जाने खालका कार्यक्रमहरु लिएर आउन सुझाव दिए।

कार्यक्रममा जिल्ला संघका निवर्तमान अध्यक्ष विनोद पराजुलीले सहकारीमा देखिएका विविध समस्याहरु समाधन गर्नका लागि जिल्ला सहकारी संघले खेलेको भूमिका लोभ लाग्दो रहेको बिचार राख्दै पछिल्लो समय जिल्ला सहकारी संघले गरेका विविध कार्यहरु सहनीय रहेको बताए ।

कार्यक्रममा संघका अध्यक्ष तथा कार्यक्रमका सभापति दिलिप शर्माले सेवा केन्द्रको औचित्य र उद्देश्य बारे प्रकाश पार्दै पनौति नगरपालिका, बेथानचोक गाउँपालिका र खानीखोला सहितका पालिकाहरुमा रहेका सहकरी संस्थाहरुलाई सेवा प्रदान गर्दै हरेक खालका समस्याहरु छलफल गर्दै समस्या समाधानतर्फ लाने उद्देश्यका साथ यस क्षेत्रमा यस सेवा केन्द्रले अभिभावकीय भूमिकामा रहेकाे प्रष्ट पारे ।

कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघ लि. का सञ्चालक सदस्य मञ्जु घिमिरेले गरेका थिए भने धन्यवाद ज्ञापन संघका उपाध्यक्ष अमन पोटे श्रेष्ठले गरेका थिए । कार्यक्रममा कोअपरेटिभ मेनेजर्स क्वबका अध्यक्ष मदन बस्नेतले जिल्ला सहकारी संघ लि. ले यस क्षेत्रमा सेवा केन्द्र सञ्चालन गरेर राम्रो कार्यको सुरुवात गरेको हुँदा खुसी ब्यक्त गर्दै सफलताको कामना गर्दै प्रदेश मन्त्रालय अन्तर्गत नियमन तथा अनुगमनको समेत जिम्मेवारी प्राप्त गरेकोले संघ अझ सशक्त हुँदै जाने कुरामा विश्वास ब्यक्त गरे । कार्यक्रममा विभिन्न संघ संस्थाहरुको तर्फबाट सहयोगको समेत प्रतिबद्धता ब्यक्त भएको थियो ।

जिल्ला सहकारी संघ लि. को यो सहित ३ वटा सेवाकेन्द्र सञ्चालनमा आएका छन् यस अघि पाँचखाल, नमोबुद्ध नगरपालिकामा सेवा केन्द्र सञ्चालनमा छन् ।