रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई क्यूआर कोड प्रदान गरेको छ । अब संस्थाका सदस्यले क्यूआर कोडमार्फत् सिधै आफ्नो खातामा रकम जम्मा गर्न सक्नेछन् ।
संस्थाले सदस्यहरुलाई डिजिटल कारोबारमा सहज पहुँच पुर्याउने उद्देश्यले नयाँ प्रविधि आत्मसाथ गर्दै पहिलो चरणमा मन्थली बजारमा क्यूआर कोड वितरण गरिएको संस्थाका व्यवस्थापक रमेश कुमार उदासले जनाए ।
सदस्य संख्या ८ हजार ३०० रहेको संस्थाको कुल सम्पति ५९ करोड, शेयर पुँजी ४ करोड ५२ लाख, बचत ४३ करोड, ऋण लगानी ३९ करोड तथा जगेडा कोष ६ करोड रूपैया रहेको छ ।
संस्थाको कार्यक्षेत्र मन्थली नगरपालिका, रामेछाप नगरपालिका खॅाडादेबी गाऊपलिका र लिखुतामाकोशी गाउँपालिकाका ३९ वटा वडा रहेका छन् ।
