हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
नेफ्स्कुनका कोषाध्यक्ष दिपक पनेरूको प्रमुख आतिथ्य एवं संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सभामा बोल्दै अतिथिहरूले बजारमा देखिएको चुनौती र अवसरलाई मध्यनजर गर्दै कर्जा लगानी गर्दा ऋण नीतिअनुरुप प्रभावकारी तथा बढी उत्पादनमुखी क्षेत्रमा नै केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए । भाका नाघेका ऋणको अनुगमन कार्यलाई प्राथमिकतामा राखी नियमति अनुगमन गर्नुपर्ने, संस्थाको जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव अतिथिहरूकाे थियाे ।
संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनले विषम अवस्थामा पनि संस्थाले गुणस्तरीयरूपमा काम गरेको उल्लेख गर्दै संस्थालाई आगामी दिनमा अझै प्रभावकारी बनाउन सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

काठमाडौँको चन्द्रागिरि नगरपालिकालाई कार्यक्षेत्र बनाएर स्थापना भएको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८र७९ मा रु। एक अर्ब ३१ करोड ९७ लाख १४ हजार चार सय निक्षेप सङ्कलन गरेको छ ।
सोही अवधिमा संस्थाले रु। एक अर्ब ४६ करोड २६ लाख ७५ हजार तीन सय दुई बराबर कर्जा लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति रु। एक अर्ब ६७ करोड ६६ लाख १० हजार पाँच सय १३ छ । संस्थाले सोही आवमा रु. ७९ लाख ११ हजार सात सय ९५ बराबरको नाफा कमाएको छ ।
सभामा चन्द्रागिरी नगरपालिकाबाट एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रा प्रसुन्सा अधिकारी र छात्र प्रविण श्रेष्ठ, उत्कृष्ट कारोबारी नरेन्द्र महर्जन, मैना रिमाल, सुमन गुरूङ, सरिता राइ, हर्ष महर्जन, श्रीमाया महर्जन, उत्कृष्ट उस्सु खेलाडी संजीव महर्जन, संस्थाका कर्मचारी सुमन देवी महर्जनलाइ सम्मान, नगद तथा ट्रफी प्रदान गरिएको थियो ।
