आइतबार, कार्तिक ९ गते २०८३

बचत ऋणको कारोबारका आधारमा छ सहकारीले पाए संरक्षित पूँजी फिर्ता

मंसिर १८, २०७९ आइतबार
बचत ऋणको कारोबारका आधारमा छ सहकारीले पाए संरक्षित पूँजी फिर्ता


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले संरक्षित पूँजी फिर्ता कोषको रकम  वितरण गरेको  छ । संघको अठारौं बार्षिक साधारण सभाको अबसरमा संरक्षित पुँजी फिर्ता कोषको रकम वितरण गरिएको हो ।

बचत र ऋणको आधारमा अधिकत्तम योगदान गर्ने संस्थाहरुलाई उक्त रकम  वितरण गरिएको  हो । बचतमा उपकार बचत तथा ऋण सहकारी संस्था, सिमल बचत तथा ऋण सहकारी संस्था  र सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था उक्त कोषबाट रकम फिर्ता पाएका छन् । त्यसैगरी ऋणमा संचित बचत तथा ऋण सहकारी संस्था, बंगलामुखी बचत तथा ऋण सहकारी संस्था  र संगम बचत तथा ऋण सहकारी संस्था  गरी तीन तीन वटा संस्थालाई संरक्षित पुँजी फिर्ता रकम सहित प्रशंसा पत्र वितरण गरिएको थियो ।   

संघले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ को कार्यविधि अनुसार संघमा आबद्ध सदस्य संस्थाहरुबाट जिल्ला स्तरीयमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., नगरस्तरीयमा भक्तपुर नगरपालिकामा सामुहिक बचत तथा ऋण सहकारी संस्था लि., मध्यपुर थिमि नगरपालिकामा उपकार बचत तथा ऋण सहकारी संस्था लि., सुर्यविनायक नगरपालिकामा बंगलामुखि बचत तथा ऋण सहकारी संस्था लि. र चाँगुनारायण नगरपालिकामा युवा बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ ले पुरस्कृत गरेको थियो । सभामा संघमा आबद्ध २०२ वटा संस्थाहरुबाट प्रतिनिधि, पर्यवक्षक र कर्मचारी गरीे जम्मा १८२ जनाको उपस्थिति रहेको थियो ।