आइतबार, कार्तिक ९ गते २०८३

बिन्धबासिनी साकोसको वित्तीय विवरण सार्वजनिक, तरलतामा देखियो वृद्धि 

मंसिर ७, २०७९ बुधबार
बिन्धबासिनी साकोसको वित्तीय विवरण सार्वजनिक, तरलतामा देखियो वृद्धि 

 

बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले कात्तिक महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागले जारी गरेको निर्देशन अनुसार संस्थाले कात्तिक मसान्तको वित्तीय विवरण प्रकाशित गरेको हो । विभागले हरेक महिना वित्तीय वितरण सार्वजनिक गर्न संस्थाहरूलाइ निर्देशन दिएको थियो । 

संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कात्तिक महिनामा संस्थाको तरलता १८।१९ प्रतिशत रहेको छ । त्यसैगरी संस्थाको शेयरपुँजी ४५ करोड ७२ लाख ४६ हजार, साधारण जगेडा कोष ३० करोड ९० लाख ५० हजार, विभिन्न कोषहरूमा १५ करोड २८ लाख १४ हजार र कुल संस्थागत पुँजी ३१ करोड ५७ लाख रहेको छ । त्यसैगरी कुल बचत ३ अर्ब ५ करोड ९२ लाख, ऋण लगानी ३ अर्ब ५७ करोड १३ लाख र कुल सम्पत्ति ४ अर्ब ४३ करोड ८९ लाख रहेको संस्थाका प्रमुख कार्य कारी अधिकृत के बी लामाले जनाएका छन् । 

संस्थामा ४६ हजार ९४० सदस्य रहेका छन् भने संस्थाले १० हजार ९६१ जनामा ऋृण लगानी गरेको छ ।