आइतबार, कार्तिक ९ गते २०८३

खुसी खुसी बचत तथा ऋणको १४औं साधारणसभा सम्पन्न

आश्विन ३०, २०७९ आइतबार
खुसी खुसी बचत तथा ऋणको १४औं साधारणसभा सम्पन्न

 

चन्द्रागिरी नगरपालिकाको मातातीर्थमा अवस्थित खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

प्रदेश सभाकी निवर्तमान सांसद रमा आले मगरको प्रमुख आतिथ्य एवं संस्थाका अध्यक्ष बटुकृष्ण थापाको सभाध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा चालु आ.व.को नीति कार्यक्रम तथा बजेट पारित गरेको जनाएको छ । समुदायमा आधारित रहेर सञ्चालन हुँदै आएको उक्त संस्थाले वित्तीय कारोबारलाई पारदर्शी एवं प्रविधिमैत्री बनाएको छ । 

सभामा जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो भने ५ जनालाई असल सदस्य सम्मान समेत प्रदान गरिएको थियो । सो अवसरमा स्टार हस्पिटलको बिशेषज्ञ टोलीद्वारा सदस्यहरूको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो । संस्थाले गत वर्ष देखि उक्त अस्पतालसँग सहकार्य गरी सदस्यहरुको स्वास्थ्योपचारमा विशेष छुटको व्यवस्था मिलाएको छ । 

khusi kh usi.jpg