आइतबार, कार्तिक ९ गते २०८३

सहकाली साकोसको १५औं साधारणसभा सम्पन्न, सहकारी एकिकरणमा नेतृत्व लिने

आश्विन १२, २०७९ बुधबार
सहकाली साकोसको १५औं साधारणसभा सम्पन्न, सहकारी एकिकरणमा नेतृत्व लिने

सहकाली बचत तथा ऋण सहकारी संस्थाले पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले आज आफ्नै कार्यालय प्राङ्गणमा सभा सम्पन्न गरेको हो । विगत वर्षहरुदेखि नै तामझामपूर्ण तरिकाले सभा गर्न छाडेको सहकालीले यसपटक पनि सदस्यहरुको बीचमा वार्षिक, आर्थिक तथा लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी सभा सभा सम्पन्न गरेको छ । सभामा अध्यक्ष राधेश्याम खड्काले अध्यक्षको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । १५ वर्ष अघि २८ जना सदस्यबाट शुरु भएको संस्थामा असार मसान्तसम्म आइपुग्दा ३५८७ जना सदस्य पुगेको उनले बताए ।

त्यसैगरी संस्थाको शेयरपुँजी ११ करोड ३६ लाख, जगेडा तथा अन्य कोष १९ करोड १५ लाख, स्थिर सम्पत्ति ८ करोड ८६ लाख, बचत संकलन १ अर्ब ४४ करोड, ऋण लगानी १ अर्ब ६६ करोड गरी कुल कारोबार २ अर्ब ८ करोड ४० लाख पुगेको उनले सभामा जानकारी दिए । संस्थाले संस्थागत सुशासनलाई पालना गर्दै नियमनकारी निकायबाट प्राप्त निर्देशन र सदस्यले दिएका सल्लाहसुझावलाई आत्मसात गर्दै अगाडि बढेको खड्काले बताए ।

sahakali 2.jpg

संस्थाले सामुदायिक विकास कोषको सदुपयोग गरी समुदायमा रहेका नागरिकलाई सेवा प्रदान गर्ने, कृषि र पर्यटनको माध्यमबाट उत्पादकत्वमा टेवा पु¥याउने, अल्पकालिन र दीर्घकालिन योजना बनाई लागु गर्ने १० लाख सम्मको ऋणमा बीमा व्यवस्था गर्ने, संरक्षित पुँजी फिर्ता कोषको रकम नियमित रुपमा सदस्यलाई फिर्ता गर्दै जाने, उद्यमशीलता विकासका लागि सदस्यलाई सघाउने र सहकारीहरुबीच गाभ्नेगाभिने कार्यमा नेतृत्वदायी भूमिका खेल्ने पनि उनले जनाए । सभामा लेखा सुवपरीवेक्षण समितिको तर्फबाट संयोजक कुमारप्रसाद चालिसेले समितिको प्रतिवेदन प्रस्तुत गर्दै ऋण लगानीमा बीमाको व्यवस्था गर्न र भाखा नागेका र उठाउन नसकिएका ऋणहरुमा अपलेखन नीति निर्माण गरी राफसाफ गर्न सुझाव दिए ।

कोषाध्यक्ष सुजन कार्कीले गत आ.व.को आर्थिक प्रतिवेदन तथा चालु आ.व.को बजेट सभामा प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष मुकुन्द प्रसाद घिमिरेले स्वागत मन्तब्य राख्दै सदस्यको श्रम पुँजी र सीपलाई सदस्यहरुकै समृद्धिका लागि  लगाउने बताए । 

सभाले राधेश्याम खड्काको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत चयन गरेको छ ।