आइतबार, कार्तिक ९ गते २०८३

विन्धवासिनीको २९ औं वार्षिक साधारण सभा , शान्तकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

आश्विन ११, २०७९ मंगलबार
विन्धवासिनीको २९ औं वार्षिक साधारण सभा , शान्तकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन


काठमाडौ, काभ्रेपलाञ्चोक र भक्तपुरकाे सूर्यविनायक नगरपालिकालाई आफ्नो कार्य क्षेत्र बनाई सदस्य, समुह र समुदायमा आधारित एशियाकै सर्वोत्कृष्ट संस्थाका रुपमा परिचित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाले गत असोज ७ र ८ गते दुई चरणमा ७ वटा ईकाइमा गरी  हिजो साधारण सभाको समापन एवं निर्णय प्रमाणिकरण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम बागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव बलराम निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि एवं भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव बलराम निरौलाले विन्धबासिनी साकोस काभ्रे लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सधैभरी नमुना सहकारीको रुपमा स्थापित हुन सकोस भन्ने सुभकामना दिदै नेपालमा सहकारी प्रति रहेको बुझाईलाई परिर्वतन गर्न विन्धबासिनीले महत्वपूर्ण भुमिका खेलेको  बताए । सहकारी नाफामा मात्र केन्द्रित नभई सामाजिक र सामुदायिक क्रियाकलापलाई विशेष जोड दिनुपर्ने र सदस्यको जिविकोपार्जन र आर्थिक स्तर बृद्धिका लागि योजना बनाई कार्य गर्नुपर्नेमा उनको भनाइ थियो । संस्थाले सदस्यलाई व्यवसायिकतामा जोड दिन आगामी रणनीतिमा समावेश गर्न उनले सुझाए । सहकारी संस्थाले वित्तिय अवस्थालाई अनुशरण अनिवार्य गर्न सकेमा सहकारी कहिल्यै संकटमा नजाने हुनाले विन्धवासिनी जस्तो नमुना सहकारीले अन्य सहकारीलाई समेत आवश्यक समन्वय प्राविधिक तथा सिप प्रदान गर्नुपर्ने  उनको भनाइ छ । 

bindabasini2.gifकार्यक्रमका विशेष अतिथि एवं नेफ्स्कुनका महासचिव दामोदर अधिकारीले सुभकामना मन्तव्य राख्दै सर्वसम्वत निर्वाचन हुने नवनिर्वाचित संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई हार्दिक बधाई एवं कार्यकाल सफलताको सुभकामना व्यक्त  गरे । उनले विन्धवासिनी हाल मात्र नभई सहकारी अभियानमा विगत देखि नै पाठशालाको रुपमा परिचित रहि आएको र यसले सामुदायिक स्तरमा महत्वपूर्ण योेगदान पु¥याउन सफल भई सहकारी अभियानमा ठुलो भुमिका खेलेको बताए ।  संस्थाले चालेका हरेक पाइलालाई अन्य सहकारी अभियानमा अभियानका अभियान्तले यसका हरेक गतिविधि, क्रियाकलापहरु प्रत्यक्ष रुपमा नियालिरहेको हुनाले यसले चालेका हरेक कदम महत्वपूर्ण र मार्गदर्शन प्रदान गर्ने खालको हुनुपर्ने  उनको भनाइ थियो । सदस्य सेवा तथा सुविधालाई संस्थाले सदस्यको आवश्यकता अनुरुप घरघरसम्म पु¥याउन नविनतम प्रविधिलाई आत्मसाथ गर्दै नयाँ नयाँ प्रविधि र सेवा विस्तार गर्नुपर्ने  उनले सुझाव दिए ।   

कार्यक्रममा सहकारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज खड्का ,वागमती प्रदेश बचत तथा ऋण सहकारी संस्था संघ लि, जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, पत्रकार महासंघ लगायएत विभिन्न सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा विभिन्न समिति उपसमिति, कर्मचारी एवं साधारणसभा निर्णय प्रमाणिकरणका लागि  प्रतिनिधित्व गर्ने सदस्यहरुको सहभागिता रहेको थियो ।

 संस्थाले दुई चरणको कार्य तालिका तय गरि संचालित २९ औं वार्षिक साधरण सभा  कार्यक्रम अन्र्तगत पहिलो चरणमा असोज ७ गते बनेपा, पाँचखाल, भकुण्डे र बानेश्वर क्षेत्रमा सम्पन्न भएको गरेको छ । बनेपा क्षेत्रमा संस्थाका अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला शर्मा दाहालको प्रमुख आतिथ्यता रहेका थियो भने पाँचखाल क्षेत्रमा संस्थाका उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाको अध्यक्षतामा पाँचखाल नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सिताराम ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।  भकुण्डे क्षेत्रमा संस्थाका कोषाध्यक्ष शान्त कुमार श्रेष्ठको अध्यक्षता एवं पाँचखाल नगरपालिका नगर प्रमुख कुनसाङ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ भने बानेश्वर क्षेत्रमा संचालक समितिका सदस्य राजेन्द्र प्रसाद गुरागाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यसैगरी दोस्रो चरणको कार्यक्रम अन्र्तगत असोज ८ गते खोपासी, पनौती र ढुंखर्क  क्षेत्रमा २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको थियो । खोपासी क्षेत्रमा संस्थाका उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाको अध्यक्षतामा पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जाराको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ भने पनौती क्षेत्रमा संस्था अध्यक्ष प्रदिप थापाको अक्ष्यक्षतामा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । त्यसैगरी ढुंखर्क क्षेत्रमा संस्थाका कोषाक्ष्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षता एवं बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको थियो ।

उक्त दुई चरण कार्यक्रममा संस्थाले संस्थाको २०७८/०७९ प्रगति प्रतिवेदन, आ.व. २०७९/८० को संशोधित र २०८/८१ को प्रस्तावित कार्यक्रम, आ.व. २०७८/०७९ को संचालक समितिको कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन तथा चालु आ.व. २०७९/८० को संशोधित र आगामी आ.व. २०८०/८१ को प्रस्तावित बजेट तथा कार्यक्रम, आ.व. २०७८र०७९ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७८/०७९ को वार्षिक लेखा परीक्षण प्रतिवेदन, २०७८/०७९ को शेयर लाभांश तथा संरक्षित पूँजी फिर्ताकोषको वितरण , संस्था एकिकरण , आ.व. २०७९/०८० को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, विनियम तथा नियमावली र कार्यविधि संशोधन लगायत विविध विषयमा छलफल गरी क्षेत्रगत निर्णय गरिनुका साथै सो क्षेत्रबाट अन्तिम निर्णय प्रमाणिकरणका लागि सोही सभाबाट क्षेत्रगत प्रतिनिधि तोकी १० गते प्रमाणिकरण सभा एवं नवनिर्वाचित संचालक र लेखा तथा सुपरिवेक्षण समितिलाई पदस्थापन गर्ने जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङतान्ले दिए । साथै संस्थाको असोज ६ गते सम्ममा संस्थामा २१४५ वटा समूह, ४६३२१ जना सदस्य, ९१०१ जना शैक्षिक बाल बचतकर्ता सहित कूल ५५४२२ जना सेवाग्राहीलाई सेवा प्रदान गरी शेयर पूँजी  रु. ४५,०४,३५,८००।०० बचत रकम रु २,९८,३३,२५,६६३।००, लगानीमा रहेको रकम रु. ३,५७,१६,७४,५५०।७६ पुगी कूल कारोबार रु ४,४३,५६,४७,८३७।५१ गर्न सफल भएको समेत प्रमुख कार्यकारी अधिकृत लामाले जानकारी दिए । 

bindabasini3.jpg

साधारण सभाले १५ प्रतिशत शेयर लाभांस र संरक्षित पूँजी कोष फिर्ताबाट वचत तर्फ १.५ प्रतिशत र ऋण तर्फ १ प्रतिशत विवरण प्रस्ताव पारित गरेको छ । साधारण सभाले आगामी ४ वर्षे कार्यकालको लागि शान्तकुमार  श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति र रामकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिमा निर्विरोध निर्वाचित गरेको थियो ।  नव निर्वाचित संचालक समितिको उपाध्यक्ष रामहरि शर्मा तिमल्सिना, सचिव डोरेन्द्रराज सापकोटा, कोषाध्यक्ष भिमबहादुर खत्री र सदस्यहरुमा लोकदर्शन कर्माचार्य, पुनम घिमिरे, अर्जुन खनाल, केशव थापा, गणेशप्रसाद पराजुली, प्रकाशबहादुर कायस्थ, बुद्धिमाया तामाङ, सुनिता धिताल र जमुना  खड्का रहेका छन् । त्यसैगरी  लेखा सुपरिवेक्षण समितिको सदस्यमा विदुर थापा र सिद्धिलक्ष्मी पोते  चयन भएका छन्  ।