आइतबार, कार्तिक ९ गते २०८३

बंगलामुखी साकोसको १५औं वार्षिक साधारणसभा, प्रविधियुक्त सेवामा जोड

आश्विन १०, २०७९ सोमबार
बंगलामुखी साकोसको १५औं वार्षिक साधारणसभा, प्रविधियुक्त सेवामा जोड

 

भक्तपुरको बसिडोलमा अवस्थित बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 
संस्थाले सदस्यहरुको सहजताका लागि इकाइगत रुपमा साधारण सभाको आयोजना गरी आज प्रतिनिधिमूलक रुपमा  सभा समापन गरेको हो । संस्थाका अध्यक्ष विवेक श्रेष्ठले वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षमा मात्र नभएर वित्तीय साक्षरता र प्रविधिको साक्षरतामा सम्बन्धी अभियान चलाएको बताए । सदस्यमैत्री सेवा, सेवाग्राहीको हित एवं सरल र सहज ढंगले ऋण लगानी गर्दै आधुनिक तथा प्रविधियुक्त वित्तीय क्षेत्रको विकासमा संस्था निरन्तर लागि रहेको समेत उनले सो अवसरमा जानकारी गराए । 
संस्थाले सेवा र कार्यक्रमहरुलाई सदस्यको इच्छा र सुझाव बमोजिम निरन्तर अगाडि बढाउँदै आएको उल्लेख गर्दै उनले यसैको परिणामस्वरुप सेयरपुँजी, संस्थागत पूँजी सदस्यता वृद्धि हुँदै गएको बताए । सदस्यहरुलाई आधुनिक प्रविधिसँग नजिक बनाउन संस्थाले मोबाइल बैंकिङ, फोन पे, क्युआर कोड र आइपीएस कनेक्ट जस्ता सुविधा प्रदान गर्दै आएको छ । 

Bangalamukhi 1.jpg
विश्व अर्थतन्त्र नै खस्किएको वर्तमान परिप्रेक्ष्यमा बजारमा रहेका केही सहकारीले गरेका बदमासीले समुदायमा आधारित संस्थाहरुलाई आफ्नो छवि बचाइराख्न हम्मे हम्मे परेको भन्दै उनले सहकारीप्रति बजारमा फैलिएका नकारात्मक टिकाटिप्पणीको पछि नलागी संस्थाको साखलाई बलियो बनाउनु सबै सदस्य एकजुट हुनुपर्ने उनको आग्रह । कुनै पनि संस्थाको सदस्य बन्दा उक्त संस्थाका सञ्चालकहरुको पृष्ठभूमि, वित्तीय अवस्था र दिने प्रतिफल जस्ता विषयलाई अध्ययन गर्न उनको सुझाव छ । संस्थाका सचिव मोहनकृष्ण श्रेष्ठले आ.व. २०७८।७९ प्रस्तावित नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । उनले संस्थाले सदस्य विरामी पर्दा र मृत्यु हुँदा १० हजासम्म आर्थिक सहयोग गर्दै जनाए । संस्थाले ३ वर्षे रणनीतिक व्यवसायिक योजना अन्तर्गत सञ्चालन क्षमता विकास, सदस्य सेवा कार्यक्रम सामाजिक क्रियाकलाप, सञ्चालक, कर्मचारी एवं सदस्यको क्षमता विकास कार्यक्रमका साथै संस्थाका हरेक वित्तीय सुचकांक वृद्धि गरी सदस्यलाई उचित प्रतिफल प्रदान गर्ने योजना रहेको बताए । 
संस्थाका कोषाध्यक्ष श्याम प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म संस्थाको शेयरपुँजी १४ करोड २१ लाख, बचत १ अर्ब ५ करोड ७१ लाख, ऋण लगानी १ अर्ब २१ करोड, जगेडा तथा अन्य कोषमा ४ करोड ६ लाख गरी १ अर्ब ३७ करोड ६ लाखको वासलात पुगेको बताए । 
संस्थाले त्यस अवधिमा १ करोड ७१ लाख ५५ हजार मुनाफा गरेको छ । लेखासुपरीवेक्षण समितिका संयोजक नवीनमान श्रेष्ठले समितिको सुझावसहितको प्रतिवेदन पेश गरेका थिए । 
संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले जिल्लामा रहेका सहकारी संस्थामध्ये वित्तीय कारोबारका आधारमा चौंथो स्थानमा पुगेको बताए । विद्यमान तरलता अभावका बीचमा पनि संस्थाले सदस्यहरुले माग गरेको बचत सहज रुपमा फिर्ता गर्दै आएको उनले बताए । संस्थाले मिस्ड कल सेवा, ब्यालेन्स इन्क्वायरी, इसेवा, सवारी साधनको बिलबुक नविकरण, विप्रेषण लगायत सेवा सदस्यहरुलाई प्रदान गर्दै आएको छ ।