आइतबार, कार्तिक ९ गते २०८३

नवकान्तिपुर सहकारीको २५ औं साधारण सभाले पारित गर्यो १८ प्रतिशत लाभांश

आश्विन ९, २०७९ आइतबार
नवकान्तिपुर सहकारीको २५ औं साधारण सभाले पारित गर्यो १८  प्रतिशत लाभांश

नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १८ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको वार्षिक साधारणसभाले २०७८/०७९ को नाफाबाट सदस्यहरुले कर सहित १८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । संस्थाको हालै सम्पन्न २५ औं साधारण सभाले  उक्त लाभांश पारित गरेको हो ।

आर्थिक वर्ष २०७८/०७९ सम्ममा संस्थाको सेयर पुँजी ७ करोड ९७ लाख ९६ हजार जगेडा तथा अन्य कोषहरुमा २१ करोड ७५ लाख १३ हजार रुपैयाँ जम्मा गरेको छ । गत आवमा संस्थाले १ करोड ४४ लाख ९७ हजार सेयर लाभांश कोषमा र ६४ लाख ८५ हजार ७ सय संरक्षित पूँजी कोषमा जम्मा गरेको छ।

संस्थाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २ अर्ब ८१ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरी संस्थाले ४ करोड ५७ लाख ५२ हजार रुपैयाँ खुद नाफा गरेको साधारणसभामा जानकारी दिइयो । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदनका साथै चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम समेत पारित गरेको छ ।