सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४ टौखालको २८ औं वार्षिक साधारण सभा सहकारी विभागद्वारा जारी सहकारी संस्थाको साधारण सभा कार्यविधि बमोजिम सात वटा एकाईमा छुट्टा छुट्टै सम्पन्न भएको छ । पनौती एकाईको बैठक मुख्य कार्यालय पनौती ४,टौखालमा, कुशादेवी एकाईको बैठक कुशादेवी पार्टी प्यालेश कुशादेवीमा, बनेपा एकाईको बैठक बनेपा १० को वडा कार्यालय भवनमा, पाँचखाल एकाईको बैठक पाँचखाल न.पा. को सभाहलमा, नमोबुद्ध एकाईको बैठक धुनिदेवी नमोबुद्ध सेवाकेन्द्रमा र काठमाण्डौं एकाईको बैठक युनिभर्सल क्याफे, धुम्बाराहीमा आयोजना गरिएको थियो ।
सातै एकाईमा औपचारीक कार्यक्रम सहित सञ्चालन भएको साधारण सभाको बैठकमा एकाई अन्तर्गतका सदस्यहरुको उपस्थितीमा बैठक सम्पन्न गरिएको छ । एकाई बैठकमा पनौती एकाईमा संस्थाका अध्यक्ष श्री प्रकाश वन्जाराले, कुशादेवी एकाई अन्र्तगत सञ्चालक सदस्य रामकृष्ण घिमिरेले, बनेपा एकाईमा सञ्चालक सदस्य मनिका शाक्य, पाँचखाल एकाईमा सञ्चालक सदस्य ध्रुर्व प्रसाद सेढाई, नमोबुद्ध एकाई सञ्चालक सदस्य मुकुन्द प्रसाद अर्याल र काठमाण्डौं एकाई सञ्चालक सदस्य मदन खकुरेलले बैठकको सभाध्यक्षता गरेका थिए ।
पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता तथा अध्यक्ष प्रकाश बन्जाराको सभाध्यक्षतामा सम्पन्न भएको पनौती एकाई बैठकमा पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जारा, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटा र जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्मा विशिष्ट अतिथि रहेका थिए । साथ पनौती न.पा वडा नं. ४ का वडा अध्यक्ष दीपक प्रसाद दाहाल, काभ्रेपलाञ्चोक जिल्ला वचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक विकास वादे, युवा वचत तथा ऋण सहकारी संंस्था लि.का अध्यक्ष उदयराम कायस्थ, मेनजर्स क्लव काभ्रेपलाञ्चोकका उपाध्यक्ष गोपाल दाहाल लगायतका व्यक्तित्वहरुको आतिथ्यतामा सपन्न सम्पन्न भएको थियो ।

सभामा संस्थाको आ.व ०७८÷०७९ को प्रगती प्रतिवेदन र आ.व ०७९÷८० को योजना तथा बजेट संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकार, सचिवको प्रतिवेदन मुकुन्द शर्मा र लेखा सुपरिवेक्षण समिति तथा बाह्य लेखा परिक्षकको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिको संयोजक हरिप्रसाद तिमल्सिनाले प्रस्तुत गरेका थिए । प्रतिवेदनमा आ.व ०७८÷०७९ मा संस्थाको कुल वासलात रु ३,६७,३५,१३,८०१।२८ र संचालन बचत (मुनाफा) रु १२,५०,५८,२९८।३६ र संस्थागत पूँजी रु २९,९६,९०,७७४।९६ भएको विवरण प्रस्तुत गरिएको थियो । कूल सदस्य संख्याको ६३.८० प्रतिशत सदस्य सहभागिता रहेको सभामा सामुदायिक साकोस र युवा बचत तथा ऋण सहकारी संस्था बनेपा विच भएको एकिकरण सम्झौता पारित गर्दै सदस्यहरुलाई शेयर लाभांश कोषवाट १८ प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने र संरक्षित पूँजी फिर्ता कोष वितरण गर्ने निर्णय गरेको थियो ।
प्रमुख अतिथि पनौती नगर प्रमुख रामशरण भण्डारीले विग मर्जरका लागि युवा बचत तथा ऋण सहकारी संस्था र सामुदायिक बचत तथा ऋण सहकारी संस्थालाई बधाई ज्ञापन गर्नुहुँदै एकीकरण संगै संंस्थाको आकार बढ्दै जाँदा सवै सदस्यहरुको अपेक्षालाई समेटेर अगाडि बढ्न आग्रह गर्दै नगर भित्रका सहकारीहरुले सदस्य हितको साझा अवधारणा सहितको योजना तयार गरि नगरसंग सहकार्यमा कार्यक्रम ल्याउन आग्रह गरे । सामुदायिक साकोसले सहकारी एकिकरणलाई अभियानको रुपमा संचालन गरेको र यसै अभियान अन्र्तगत यस संस्था र युवा बचत तथा ऋण सहकारी संस्था लि. बनेपा संंग एकिकरण घोषणा सहित एकिकृत साधारण सभा समेत सम्पन्न गरेको थियो। एकिकरण सम्झौता अनुरुप सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जाराको अध्यक्षतामा १९ सदस्सीय सञ्चालक समिति र ध्रुव प्रसाद सेढाई ज्यूको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको चयन भएको घोषणा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष उद्धव सापकोटाले गरेका थिए भने सभाले सर्वसम्मती रुपमा पारित गरेको थियो ।
सभामा युवा वचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थले एकिकरण अभियानमा सामुदायिक साकोससंग सहकार्य गर्न पाएकोमा गौरवान्वित महशुस भएको उल्लेख गर्दै यस अभियानमा साथ र समर्थनका लागि हार्दिक आभार व्यक्त गरे । संस्थाका अध्यक्ष एवं सभाध्यक्ष प्रकाश वन्जाराले नियमकिय निकायवाट आएका निर्देशन र त्यसका प्रभावका विषयमा मुल्याड्ढन गरी छाता संगठनहरुले प्रारम्भिक सहकारीहरुलाई संरक्षकत्वका साथ अभिभावकत्व प्रदान गर्न आग्रह गर्दै सामुदायिक साकोस र युवा साकोस विच भएको एकिकरण अभियानको निरन्तरता र एकिकरणको पहिलो प्राथमिकता सदस्यको हित हुनुपर्नेमा सचेत रहेको उल्लेख गर्दै एकिकरण अभियान निरन्तर रहने र यस अभियानमा साथ र सहयोग गर्नुहुने सवैमा आभार व्यक्त गरे । सामुदायिक साकोस र युवा साकोस एकिकरण पश्चात संस्थाको कूल वासलात ४ अर्व २२ करोड हुने र सदस्य संख्या ५० हजार भन्दा बढी हुने उनले बताए ।
सभाले सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बिन्धबासीनी बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।