बनेपामा रहेको एकता बचत तथा ऋृण सहकारी संस्थाले १५औं साधारण सभा सम्पन्न गरेको छ । सभाले आ व २०७८।७९ को आर्थिक प्रतिवेदन, वार्षिक प्रतिवेदन र वित्तीय प्रतिवेदन पारित गरेको छ ।
सभामा मन्तब्य राख्दै अध्यक्ष स्वयंकाजी पोतेले सदस्यहरूको माग, चाहना र हितलाइ सर्वोपरी ठानी संस्थाले काम गर्दै आएको बताए । संस्थाले वित्तीय क्षेत्रमा भइरहेको तीब्र प्रतिस्पर्धाका बावजुद पनि सदस्यहरूलाइ प्रदान गरेको सेवाका कारण संस्थाले हरेक वर्ष वित्तीय सुचकांक वृद्धि गर्दै लैजान सकेको जनाए ।
संस्थाकी सचिव शर्मिला प्रधानले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आवमा ५६४ जनालाइ ऋण लगानी गरेको बताइन् । संस्थाले यस आ।व।मा सदस्यहरूको लागि रोजगार तथा सीपमूलक तालिम सञ्चालन गर्ने, सञ्चालकहरूको नेतृत्व विकास गर्न तालिम तथा गोष्ठी गर्ने, खुत्रुके बचतकर्तालाइ शैक्षिक भ्रमण र ज्येष्ठ नागरिकलाइ तीर्थाटन गराउने योजना रहेको बताइन् ।
संस्थाका कोषाध्यक्ष विष्णु ओम पोटेले गत असार मसान्तसम्म संस्थाको शेयरपुँजी २ करोड १९ लाख, बचत संकलन १४ कराेड ८ लाख, ऋण लगानी १९ कराेड ५० लाख गरी कुल २१ कराेड ५४ लाख कुल काराेबार गरेकाे जानकारी दिए ।