बुधबार, भाद्र ३ गते २०८३

श्री महिला तरकारी व्यवसायी साकोसको चौंधौं सभा सम्पन्न, कुल कारोबार २२ करोड माथि

आश्विन ६, २०७९ बिहीबार
श्री महिला तरकारी व्यवसायी साकोसको चौंधौं सभा सम्पन्न, कुल कारोबार २२ करोड माथि

 

श्री महिला तरकारी व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको १४औं साधारण सभा सम्पन्न भएको छ । 

संस्थाकी अध्यक्ष गोमा रिजालको सभापतित्वमा सभा सम्पन्न भएको हो । संस्थाले सदस्यहरूलाइ प्रविधियुक्त सेवा दिने उदेश्यका साथ यस आ.व. बाट मोबाइल बैंकिङ सेवा सुरू गरेको अध्यक्ष रिजालले बताइन् । सहकारीको मुल्यमान्यता अनुरूप विभिन्न रणनीतिक योजना अवलम्बन गरी सदस्यहरूलाइ दिइने सेवामा विस्तार गर्दै लैजाने उनले सो अवसरमा बताइन् । संस्थाकी सचिव माया कोइरालाले आ.व. ०७८।७९ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेकी थिइन् । संस्थाले यस आ. व. मा सदस्य शिक्षा, तालिम, सञ्चालक तथा कर्मचारीको क्षमता अभिवृद्धि तालिम, सहकारी अवलोकन भ्रमण, शिक्षा तथा स्वास्थ्य शिविर, कृषि क्षेत्रमा प्राथमिकताका साथ लगानी अभिवृद्धी र निम्न आय भएका सदस्यहरूलाइ लुमन्ती संस्थासँगको सहकार्यमा  घर निर्माण परियोजना निर्माण गरिने उनले बताइन् । 

संस्थाकी कोषाध्यक्ष मेनुका नेपालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत असार मसान्तसम्म १२२५ सदस्यबाट २ करोड ४५ लाख ५४ हजार शेयर पुँजी संकलन गरेका बताइन् । त्यसैगरी बचत संकलन १५ करोड ७७ लाख र ऋण लगानी १८ करोड ६४ लाख गरी त्यस अवधिमा २२ करोड ३२ लाख कुल कारोबार गर्न सकेको उनले जनाइन् । संस्थाले त्यस अवधिमा ६४ लाख ९१ हजार खुद नाफा गरेको छ । 

संस्थाले विभिन्न प्रकारका बचत योजना र ऋण लगानीबाट सदस्यहरूलाइ सेवा प्रदान गर्दै आएको छ । 

२०६५ सालमा महिलाहरूद्वारा स्थापित उक्त संस्थाले महिला सदस्यहरूको आर्थिक तथा सामाजिक उत्थानका लागि रचनात्मक भूमिका खेल्दै आएको छ । 

सभा राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभामा कास्कुनका अध्यक्ष दिपक पनेरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको आतिथ्यता रहको थियो । 

mahila tarkari.jpg