नेपालको अर्थतन्त्र वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने देखिएको छ । एशियाली विकास बैंक(एडीबी)ले वृद्धदिर घट्ने प्रक्षेपण गरेको हो ।
एडीबीले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुकमा गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५।८ प्रतिशतले वृद्धि भए पनि आगामी आर्थिक वर्षमा वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने उल्लेख गरेको हो ।
आयातमा लगाइएको प्रतिबन्धका कारण नेपालको कुल गार्हस्थ उत्पादन घट्न जाने भएकाले वृद्धि कम हुने प्रक्षेपण गरिएको छ । नेपालको मुद्रास्फीतिमा सिर्जना हुने दबाब र विदेशी विनिमय सञ्चितिमा हुने गिरावट यसका सम्भावित कारण हुनेछन् ।
‘आयातलाई निन्त्रण गर्न आवश्यक पर्ने भएकाले अधिकारीहरुले थप कडा कदम चाल्दा आर्थिक वृद्धिमा नकरात्मक असर पर्न जाने जोखिम हुन्छ, जसले घरेलु उत्पादन र उपभोगमा पनि असर गर्छ र अर्थतन्त्रको वृद्धिलाई प्रतिकुल असर पार्छ,’ नेपालका लागि एडीबीका प्रमुख अर्नौड काउकोइसले भनेका छन्, ‘लकडाउनसम्म पुग्न सक्ने कोरोना महामारीको पुनरुत्थान, कमजोर स्वास्थ्य प्रणालीलाई थप दबाब दिने डेंगुको तिव्रता, प्राकृतिक प्रकोप, भूराजनीतिक उथलपुथलले अर्थतन्त्र वृद्धिको सम्भावनालाई थप कम गर्न सक्छ ।’