आइतबार, कार्तिक ९ गते २०८३

ललितपुर बचत संघको २९ औं स्थापना दिवस मनाइयो 

आश्विन ४, २०७९ मंगलबार
ललितपुर बचत संघको २९ औं स्थापना दिवस मनाइयो 

 

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २९ औं स्थापना दिवसको अवसरमा सुझाव संकलन, धन्यवाद ज्ञापन,  तथा विजया दशमी २०७९ को शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको हो । 

कार्यक्रम संघका अध्यक्ष रामहरि बजगाईंको सभापतित्व एवं राष्ट्रिय सहकारी महासंघकी  वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा संघका पूर्वअध्यक्ष, संचालक, सल्लाहकार, विभिन्न उपसमिति सदस्य तथा सदस्य सहकारी संस्थाका प्रतिनिधिहरुबाट सुझाव संकलन गरिएको थियो । 

संघको निर्वाचन सहितको २८औं वार्षिक साधारण सभामा निस्पक्ष, र्निविवाद ढंगले निर्वाचन कार्यलाई सफलतापूर्वक सम्पन्न गराउने निर्वाचन समितिलाइ अध्यक्ष बजगाइँले धन्यवाद ज्ञापन गरेका थिए । 

कार्यक्रममा संघले तय गरेका अधिकांश लक्ष्यहरु पुरा भएको र स्थापना दिवसको सुखद उपलक्ष्यमा वित्तीय सुशासन सहित गुणस्तरीयता कायम गराउन संघमा आवद्ध सम्पूर्ण सहकारी संस्थाहरुलाई आग्रह गर्दै संस्थाहरुको विकास, सुशासन र सम्वृद्धिको लागि संघको तर्फबाट अध्यक्ष बजगाइँले प्रतिवद्धता व्यक्त गरे । 

संघले ललितपुर जिल्लाका अधिकांश बचतऋण संस्थाहरूलाइ सदस्य बनाउन सफल भएको छ भने यस अवधिसम्म आइपुग्दा संघ एउटा सबल र सक्षम संघको रूपमा स्थापित भएको छ । 

सोही अवसरमा सहकारीकर्मी प्रशिक्षक कुमार खत्रीले तरलता व्यवस्थापन सम्बन्धि प्रस्तुतिकरण गरेका थिए । कार्यक्रमलाई बचत संघका सचिव श्यामकृष्ण महर्जनले सञ्चालन गरेका थिए । 

Lalitpur DU Day 2.jpg