स्वेच्छा बचत तथा ऋण सहकारी संस्था लि. को बाह्रौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओमकार क्षेष्ठको अध्यक्षता एव। नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा बोल्दै प्रमुख अतिथि पौड्यालले सहकारी संस्था सञ्चालनमा नीति, विधि र प्रविधिमा एकरुपता आउनुपर्ने बताए । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधानका लागि सहकारीको सन्दर्भ व्याजदरमा तत्काल पुनरावलोकन आवश्यक भएको उनको भनाइ छ । विभाग समक्ष सन्दर्भ व्याजदर पुनरावलोकनका लागि अभियानको तर्फबाट सुझाव सहितको माग राखिने बताए ।
सभामा अध्यक्ष ओमकार श्रेष्ठले मन्तब्य राख्दै २०६७ सालमा स्थापना भएको संस्थामा हाल १ हजार ६० सदस्य पुगेको बताए । संस्थाले सदस्यको विश्वास जित्न सकेको कारणा वित्तीय सूचकांक सबल बन्दै गएको बताए ।
सचिव सुन्दर तामाङले आ. व. ०७८।८९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आ.व. भित्र १५०० सदस्य पुर्याउने लक्ष्य राखिएको जनाए ।
संस्थाका कोषाध्यक्ष सुनिल सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म संस्थाको शेयर पुँजी १ करोड, बचत संकलन १२ करोड ९५ लाख, ऋण लगानी १५ करोड ५६ लाख गरी खुद बचत ३० लाख ६० हजार रहेको जानकारी दिए । सभाले सदस्यहरूका लागि १५ प्रतिशत लाभांश पारित गरेको छ । साकोसको कुल वासलात करिब २० करोड रहेको छ ।
सभामा नियमित बचतकर्ता, उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, जेष्ठ सदस्य, असल ऋणी, बाल बचतकर्तालाइ सम्मान तथा कदर पत्रर र एसइइमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रलाइ स्वेच्छा शैक्षिक छात्रवृत्तिबाट जनही २५०० रूपैया प्रदान गरिएको संस्थाका प्रबन्धक सन्ताेष नापितले जानकारी दिए । सभामा सदस्यहरूकाे उत्साहप्रद उपस्थिति रहेकाे उनले बताए ।
