आइतबार, कार्तिक ९ गते २०८३

सुयोग्य साकाेसकाे १५औं साधारण सभा सम्पन्न, १३.१३ प्रतिशत लाभांश दिने

आश्विन ४, २०७९ मंगलबार
सुयोग्य साकाेसकाे १५औं साधारण सभा सम्पन्न, १३.१३ प्रतिशत लाभांश दिने

सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

संस्थाकी अध्यक्ष पम्फा न्यौपानेको सभापतित्वमा भएको सभामा प्रमुख अतिथि रष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवि मल्ल र राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी सुब्बालगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सभामा मन्तब्य राख्दै अध्यक्ष पम्फा न्यौपानले संस्थाले सदस्यहरुलाई सहज र सरल रुपमा वित्तीय सेवा उपलब्ध प्रविधिमा आधारित डिजिटल सेवालाई प्राथमिकता दिइ अगाडि बढेको बताइन् । संस्थाले मोबाइल एसएमएस सेवा, मोबाइल बैंकिङ सेवा, रेमिट्यान्स सेवाका साथै खल्ती, इसेवा, क्युआरकोड जस्ता विद्युतीय सेवा सञ्चालनमा ल्याएको र यसको प्रयोगबाट युटिलीटी पेमेन्टका साथै रकम ट्रान्सफर गर्न सक्ने अध्यक्ष न्यौपानले सभामा बताइन् ।

सदस्य व्यवसाय पहिचान गर्दै उत्साही र उद्यमशील युवा लक्षित उत्पादनमूलक, रोजगार तथा आयमूलक कार्यक्रम सञ्चलन लगानी तथा सहयोग दिने नीति अवलम्बन गरेको, ज्येष्ठ नागरिक सदस्य तथा एकल  महिला सदस्य लक्षित सम्मान तथा सेवाको नीति कार्यक्रममा प्राथमिकता दिइएको समेत उनले जनाइन् । 

संस्थाले सामाजिक सुरक्षा कार्यक्रम समेत अगाडि बढाएको र सदस्यको मृत्यु हुँदा आर्थिक सहायता तथा ज्येष्ठ सदस्यहरुलाई नगद दोसल्ला र सम्मान प्रदान गर्दै आएको छ । 

suyogya ko AGM 2.jpg

संस्थाले पौष्टिक आहार तथा स्वास्थ्य सामग्रीको प्याकेज वितरणको कार्यक्रम गर्ने गरेको छ । संस्थाले जेहेन्दार तथा कमजोर आर्थिक अवस्था भएका, संस्थासँग सक्रिय र नियमित कारोबार गर्ने सदस्य वा छोराछोरीको शैक्षिक विकासका लागि छात्रवृति प्रदान गर्ने गरेको छ । 

संस्थाले अघिल्लो वर्षको मुनाफाबाट १३.१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाको चारवर्षे व्यवसायिक योजना अन्तर्गत सदस्यहरुलाई उत्पादनमूलक र रोजगारीको क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने , ज्येष्ठ नागरिक तथा एकल महिला लक्षित कार्यक्रम अगाडि बढाउने, कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने । स्थानीय सामाजिक संस्थासँग मिलेर समुदायका लागि काम गर्ने, सदस्यहरुको बीमा गर्ने जस्ता लक्ष्यलाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने संस्थाले उल्लेख गरेको छ । 

संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक प्रकाश रेग्मीले समितिको प्रतिवेदन प्रस्तुत गर्दै गत आ.व.को असार मसान्त सम्म संस्थको शेयर पुँजी २ करोड ४७ लाख, बचत २१ करोड ५९ लाख, ऋण लगानी २० करोड २३ लाख, जगेडा तथा अन्य कोषमा १ करोड ८४ लाख रकम जम्मा गरेको छ । 

संस्थाले संरक्षित पुँजीफिर्ता कोष अन्तर्गत बचत तथा ऋण कारोबारमा उल्लेख्य योगदान पु¥याउने ५।५ जना सदस्यलाई रकम फिर्ता गरेकाे छ भने उत्कृष्ट बचतकर्ता र ऋणीलाइ पुरस्कृत गरेकाे छ ।