चावहिलमा मुख्य कार्यालय रहेको शिवम वचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाको अध्यक्ष नवराज राउतको अध्यक्षता एंव गोकर्णेश्वर न.पा. का नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा शुभकामना मन्तव्य राख्दै मेयर रिसालले सहकारीमा जम्मा भएको बचत सुरक्षित बनाउने कुरामा नगरपालिका पनि उतिकै जिम्मेवार रहेको बताएका छन् । उनले एउटै व्यतिले धेरैवटा संस्थाबाट ऋण लिने र समयमा नतिर्ने प्रवृतिका कारण सहकारीमा समस्या परेको भन्दै त्यसका लागि नगरपालिकाले डिजिटल डाटा मार्फत एक व्यतिले धेरै संस्थाबाट ऋण लिए नलिएको जानकारी राखिने र यसले सहकारीबाट ऋण लिएर नतिर्ने अबस्थाको अन्त्य हुने बताए । सहकारीबाट ऋण लिएर व्यापार व्यवसाय गरे जागिरबाट भन्दा राम्रो आम्दानी गर्न सकिने भन्दै उनले नगरवासीलाई व्यवसायी बन्न आग्रह गरे ।
नगरपालिकामा हरेक दिन रोजगार खोज्दै आउनेको संख्या बढेको भन्दै उनले रोजगारको अवसर भनेको जागिर मात्र नभई व्यापार व्यवसाय पनि भएकाले त्यसतर्फ लाग्न उनको आग्रह छ । बचत नै भविष्यको कमाई भएकाले आजैबाट स सानो रकम बचत गर्दै जादा ठुलो पूँजी निमार्ण हुने हुदाँ सबैलाई आफ्नो कमाईबाट बचत गर्न उनले आग्रह गरे । सहकारी समुदायमा चलेको बैंक भएको भन्दै उनले महिलालाइ चुलाचौकाबाट बाहिर ल्याउन सहकारीले भुमिका खेल्नु पर्ने बताए ।

संस्थाका अध्यक्ष राउतले सभामा मन्तव्य राख्दै सदस्यको साथ र सहयोगले शिवमलाई यो क्षेत्रकै नमुना संस्था बनाउने बताए । आफुहरु बैंक पाईनान्सको प्रतिस्पर्धी नभएको बताउदै उनले सहकारीका माध्यमबाट सदस्यलाई गुणस्तरिय र भरपर्दो सेवा दिने बताए । संस्थाले वितिय सेवाका साथै विविध सामाजिक क्रियाकलाप सञ्चालन यर्दै आएको उनले सभामा जानकारी दिए ।
संस्थाको सेवालाई प्रविधिमैत्री ,सरल ,सहज बनाउनेतर्फ लागि परेको भन्दै उनले समयसापेक्ष सदसयहरुलाई प्रविधिमैत्री सेवा दिदै जाने सो अवसरमा बताए । संस्थामा तरलता अभाव हुन नदिन सहकारी विभागले जारी गरेको निर्देशनलाई पालना गरि तरलताको उचित व्यवस्थापन गरेको उनको भनाई छ । संस्थाले उत्पादनमुलक क्षेत्रमा ऋण लगानीलाई प्राथामिक्ता राखेको र अनुत्पादक क्षेत्रमा जाने ऋणमा केहि कडाई गरिएको बताए ।
सभामा कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले आ.ब. २०७८/०७९ को असारमसान्तसम्म् शेयर पूँजी २३ प्रतिशतले बृद्धि भई ३ करोड ५४ लाख, बचत संकलन १३ प्रतिशतले बृद्धि भई ४४ करोड १८ लाख ,ऋण लगानी ४७ करोड ४४ लाख ,जगेडा तथा अन्य कोषमा ९४ लाख ८७ हजार गरी कुल कारोवार ५७ करोड ५८ लाख पुगेको बताए । सभामा लेखा समिति संयोजक सुरेश कँडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा सचिव किरण खनालले स्वागत मन्तव्य राख्दै आर्थिक सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यका साथ २०६५ सालमा १ लाख २० हजार पूँजीबाट संस्था सुरु गरेको स्मरण गर्दै हालसम्म आईपुग्दा उलेख्य प्रगति गर्न सकेको बताए ।संस्थाले ३५ जना कर्मचारी मार्फत ५ हजार सदस्यलाई सेवा दिदै आएको र भविस्यमा यस क्षेत्रकै नमुना संस्था बनाउने उनले बताए । अन्य संस्थाको तुलनामा सदस्यलाई पृथक सेवा दिदै आएको भन्दै उनले आगामी दिनमा नयाँ कार्यक्रम ल्याएर सदस्यलाई प्रभावकारी र गुणस्तरीय सेवा दिने उनको भनाई छ ।

सभामा जेष्ठ सदस्य ,नियमित बचतकर्ता,उत्कृट माहला समुह,पुर्व कर्मचारी उत्कृट सेवा केन्द्र र उत्कृट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको अतिथीहरु गोकर्णेश्वर न. पा वडा न.७ वडा सदस्य उज्वल अर्याल , वडा नं.५ का वडा अध्यक्ष नारायण सुवेदी र कास्कुनका सचिव शालिकराम पुडासैनीले सभामा शुभकामना मन्तव्य राखेका थिए ।