आइतबार, कार्तिक ९ गते २०८३

पानस साकोसको १४ औं साधारण सभा सम्पन्न

आश्विन ३, २०७९ सोमबार
पानस साकोसको १४ औं साधारण सभा सम्पन्न


काभ्रेको बनेपामा रहेको पानस बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  संस्थाका अध्यक्ष सुशन राजवंशीको सभापतित्व तथा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा सभा सम्पन्न् भएको हो ।

सभामा अध्यक्ष  राजवंशीले बचतको उदेश्य भोलीको भविष्य भन्ने मूल नाराका साथ सहकारी मूल्य मान्यतालाइ आत्मसाथ  गरि संस्था अगाडी बढेको बताए । सदस्यहरुलाई सहूलियत दरमा ऋण प्रवाह गरी  उनीहरुको आर्थिक सामाजिक अबस्था सुधारका लागि निरन्तर कार्य गर्दै आएको उनले बताए । संस्थाका सचिव पुष्कर रजितकारले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै   गत असारसम्म संस्थामा २३२६ सदस्य पुगेको जानकारी दिए । संस्थाले सदस्यहरुलाई विप्रेषण सेवा ,रिर्चाज एवं बिल भुक्तानी सेवा ,मोबाईल डिजिटल वालेट सेवा, सुत्केरी तथा क्रिया खर्च वितरण गर्दै आएको सो अवसरमा उनले जानकारी दिए । 

305848287_1808891732784868_1382606106732949405_n.jpg

यस आबमा स्वास्थ्य शिविर   एवं जनचेतना मुलक कार्यक्रम संचमलन गर्ने,महिला सदस्यहरुको क्षमता अभिबृद्धि तथा रोजगारी सृजनाको लागि आवश्यक तालिम तथा गोष्ठी आयोजना गर्ने  र सामाजिक उतरदायित्व अन्तरगर्त विभिन्न् कार्यक्रमको आयोजना गर्ने उनले सभामा जानकारी दिए ।

संस्थाका कोषाध्यक्ष सुमन वैद्यले आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै  आ.ब. २०७८/०८९को असार मसान्तसम्म कुल कारोवार १० करोढ ६२ लाख ,शेयर पूजी १ करोड १७ लाख ,बचत संकलन ८ करोड ६७ लाख र ऋण लगानी ७ करोड१९ लाख रहेको बताए । त्यसैगरी संस्थाको जगेडा तथा अन्य कोषहरुमा ४५ लाख ८ हजार रहेको छ भने संस्थाले त्यस अबधिमा १४ लाख ७२ हजार खुद नाफा आर्जन गरेको छ । संस्थाले विभिन्न् बचत योजना बनाएर सदस्यबाट बचत संकलन गर्नुका साथै व्यतिगत, हायर पर्चेज व्यवसायिक ,कृषि र आवास जस्ता क्षेत्रमा ऋण लागानी गर्दै आएको जनाएको छ ।