सिम्बोलिक बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष राजेन्द्र गिरीको अध्यक्षता एवं बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्यतामा संस्थाले सभा सम्पन्न गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८।७९ वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन,आर्थिक प्रतिवेदन तथा चालु आव २०७९।८० को योजना सहितको अनुमानित बजेट पारित गरेको हो ।
गत असार मसान्तसम्ममा संस्थाले २ करोड २७ लाख शेयर, ६ करोड बचत संकलन गरी ७ करोड ८० लाख कर्जा लगानी गरेको छ ।
सभामा गत आ.व.का उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी, जेष्ठ सदस्य, बालबचतकर्तालाई सम्मान गरिएको थियो भने । लोकगायक सबिन चौहान तथा कलाकार प्रबेश घतानेको सांगितिक प्रस्तुति सहित विविध मनोरन्जनात्मक उपहार सहितका कार्यक्रम गरिएको थियो ।
