शनिबार, आश्विन १७ गते २०८३

सञ्चालक समिति पूर्ण जिम्मेवार, अध्यक्ष र व्यवस्थापकलाई देखाएर भाग्न पाइँदैनः विभाग

भाद्र २७, २०७९ सोमबार
सञ्चालक समिति पूर्ण जिम्मेवार, अध्यक्ष र व्यवस्थापकलाई देखाएर भाग्न पाइँदैनः विभाग

 

सहकारी विभागले सहकारी संस्थामा सञ्चालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सामुहिक जिम्मेवारी र जवाफदेहिता रहने भन्दै सचेत गराएको छ । कतिपय संस्थामा संस्था राम्रोसँग सञ्चालन होउञ्जेल सञ्चालक वा विभिन्न समितिमा बस्ने तर समस्या देखापर्न थालेपछि अध्यक्ष र व्यवस्थापक नै जिम्मेवार भन्दै पञ्छिने प्रवृत्ति देखिएको विभागले जनाएको छ ।

सहकारी ऐन तथा नियमावलीले सहकारी संस्थाको कार्यकारी अंग सञ्चालक समिति भएको स्पष्ट उल्लेख गरेको छ । सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र शेयर सदस्य समेतको सामुहिक जिम्मेवारीमा संस्था सञ्चालन गरिनुपर्ने भन्दै विभागले सजग गराएको हो ।

प्रत्येक सञ्चालकले संस्थाको हरेक क्रियाकलापमा चासो राखी संस्था र सदस्यहरुको वृहत्तर हितमा केन्द्रित भइ संस्थालाई बलियो बनाउन सामुहिक प्रतिवद्धताका साथ कार्य सम्पादन गराउन विभागले भनेको गरेको छ । 

केहि समय यता सहकारी संस्थाहरुले बचत फिर्ता गर्न नसकेको जस्ता समस्या विभागमा उजुरी पर्ने गरेको अवस्थामा कतिपय संस्थाका सञ्चालकले आफुलाई त्यतिकै समितिमा राखिदिएछन्, सबै अध्यक्ष र व्यवस्थापकलाई थाहा छ भनेर पञ्छिने गरेको पाइएको जनाएको छ । कतिपयले आफुलाई जिम्मेवारीबाट अलग गराइपाउँ भनि निवेदन दिने गरेका छन् । 

सहकारीका प्रत्येक सञ्चालक समिति सदस्यले संस्थाको हरेक क्रियाकलापमा चासो राखी संस्था र सदस्यको बृहत्तर हितमा केन्द्रित भएकर संस्थालाई बलियो बनाउने सामुहिक प्रतिवद्धताका साथ कार्यसम्पादन गर्न गराउन विभागले अपील गरेको छ । 

sanchalak samittee.jpg