आइतबार, कार्तिक ९ गते २०८३

नेचुरल साकोसको १४औं साधारणसभा सम्पन्न, गत आ.व.मा ४ करोड ९६ लाख मुनाफा

भाद्र २६, २०७९ आइतबार
नेचुरल साकोसको १४औं साधारणसभा सम्पन्न, गत आ.व.मा ४ करोड ९६ लाख मुनाफा


नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शर्मिला अमात्यको अध्यक्षतामा बागमती प्रदेश सभा सांसद प्रभात तामाङको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष अमात्यले संस्थाको पुँजीको आधार बलियो बनाउँदै बजारको पहुँचलाई वृद्धि गरी संस्थालाई बलियो, सबल तथा दिगो र सक्षम वित्तीय संस्थाको रुपमा स्थापित गर्ने उल्लेख गरिन् । सदस्यहरुलाई अझ गुणस्तरीय र आधुनिक सहकारी सुविधा प्रदान गर्न र प्रतिस्पर्धात्मक क्षमता विकास गरी संस्थालाई सुशासनयुक्त, समुदायमा आधारित, सदस्य केन्द्रित मुलुककै उत्कृष्ट एवं अग्रणी सहकारीको रुपमा स्थापित गर्नतर्फ अग्रसर रहेको बताइन् ।

साधारण सभाले वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा प्रतिवेदन आदि छलफल गरि पारित गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाले १० हजार सदस्य बाट १५ करोड ६५ लाख ४५ हजार शेयरपुँजी, २ अर्ब ४१ करोड ७१ लाख बचत संकलन गरी २ अर्ब ६१ करोड ९४ लाख कर्जा लगानी गरेको छ । संस्थाको ३२ करोड बाह्य ऋण, कर्जा जोखिम कोषमा १० करोड ९३ लाख तथा चालु दायित्वमा ५ करोड ५३ लाख रहेको छ ।

गत आ.व.मा कर अघिको नाफा ४ करोड ९६ लाख आर्जन गरेको संस्थाले सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव सभामा पारित भएको छ । 

संस्थाले कामनपा ७, बाैद्ध, टुसालमा संस्थाकाे नवनिर्मित सुविधासम्पन्न कर्पाेरेट भवनबाट केहिदिन अघिबाट काराेबार शुभारम्भ गरेकाे छ । 

natural saccos.jpg