आइतबार, कार्तिक ९ गते २०८३

एक्सप्रेस साकोसको चौधौैं बार्षिक साधारणसभा तथा वार्षिकोत्सव सम्पन्न

भाद्र २६, २०७९ आइतबार
एक्सप्रेस साकोसको चौधौैं बार्षिक साधारणसभा तथा वार्षिकोत्सव सम्पन्न


बनेपा स्थित एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाले चौधौं बार्षिक साधारणसभा तथा बार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष देवसागर लामाको सभापतित्वमा लेखा तथा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, कर्मचारी समुह र सदस्यहरुको उपस्थितिमा सभा सम्पन्न भएको संस्थाले जनाएको छ ।

१४औं वर्षमा प्रवेश गरेको संस्थाले २६ कराड ३२  लाख ६९ हजार बराबरको सम्पत्ति तथा दायित्व निर्माण गर्न सफल भएको छ । शेयर पूँजी १ कराड ७१ लाख २८ हजार रहेको संस्थाले आ.व.मा संस्थाले खुद बचत (नाफा) ६४ लाख गर्न सफल भएको छ । संस्थाको आफ्नो स्वपुँजी कोष हिसाव आ.व. को अन्त्यसम्ममा २ करोड ८७ लाख ८७ हजार पु¥याउन संस्था सक्षम भएको छ भने कर्जा नोक्सानी ब्यबस्थामा जम्मा ऋण लगानीको ५% अर्थात १ करोड १७ लाख ५२ हजार ब्यबस्था गरेको छ । संस्थाले आ.व. २०७८.७९ मा विभिन्न शिर्षकबाट राज्यकोषलाई १३ लाख २९ हजार बराबरको कर योगदान गरेको छ ।

सभामा बोल्दै अध्यक्ष लामाले बताए संस्थालाई सदस्य विस्तार र वित्तीय आकारमा ठुलो बनाउने भन्दा पनि गुणस्तिरीय सदस्य सेवा र सुविधामा परिस्कृत गरि विश्वसनीय संस्थाको रुपमा दिगो कार्यक्रम सहित संस्थालाई गतिशिल बनाई स्थायित्व प्रदान गर्ने संस्थाको दिर्घकालिन सोच रहेको बताए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले विद्यमान परिस्थितिमा संस्था र सदस्यले संयमतापूर्वक आफ्ना गतिविधिहरु सकारात्मक ढंगबाट संचालन गर्न सकेमामात्र संस्था र सदस्य दुवैको सामाजिक, साँस्कृतिक र वित्तीय जीवन सरल र सहज हुने विचार व्यक्त गरे ।  

एक्सप्रेस साकोसले वित्तीय सेवाका साथै सदस्यहरुलाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरी स्थानीय स्तरमा सबल एंव सहज सहकारी संस्थाको रुपमा परिचय बनाएको छ ।