बनेपा, सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४, काभ्रेपलाञ्चोकको आयोजनामा एक्सेस कार्यक्रम बागमती पहिलो समूहको २५ औं कार्यकुशलता सिकाई तथा ब्यवस्थापन कार्यशाला पाम वर्कशप सम्पन्न भएको छ । काभ्रेपलाञ्चोक, भक्तपुर, दोलखा र रामेछाप जिल्लाका ९ वटा संस्थाहरुको उपस्थितिमा उक्त वर्कशप सम्पन्न भएको छ ।
नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभाध्यक्षता आयोजक संस्था सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष प्रकाश बन्जाराले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य सामुदायिक साकोसका एक्सेस कार्यक्रम ब्यवस्थापन उपसमिति संयोजक एवं कोषाध्यक्ष प्रताप ताम्राकारले गरेका थिए । कार्यक्रमको उद्घाटन सत्र र बन्द सत्र संस्थाका सचिव मुकुन्द शर्माले गरेका थिए ।
प्रमुख अतिथि ढकालले मन्तब्यको क्रममा सहकारी एक्सेसमा सहभागी संस्थाहरु नेफ्स्कुनको मात्र नभई नेपालकै सहकारी अभियानको गौरबको रुपमा रहेको र संस्थाहरुले हालको वर्तमान परिस्थितिमा आफ्नो छवि कायम राख्न आफ्ना सदस्यहरुसँग नियमित रुपमा सम्पर्कमा रही सदस्यलाई संस्थाप्रति अपनत्व बोध गराउने र संस्थाको अवस्थाको बारेमा नियमित रुपमा सदस्यहरुलाई जानकारी दिई संस्था सवल र सुरक्षित रहेको प्रत्याभूति दिलाउनु पर्ने बताए ।त्यसैगरी ब्यक्ति विशेष नभई पदिय दायित्व प्रमुख रहेकोले आफ्नो दायित्व बमोजिम कार्यसम्पादन गर्नुपर्ने भन्दै उनले कुनै पनि पदमा ब्यक्ति स्थायी नहुने बताउँदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे । सभाध्यक्ष बन्जाराले मन्तब्य राख्दै अब सहकारी संस्थाहरुले विग मर्जर को बारेमा सोच्नु पर्ने समय आएको बताए । दोहोरो सदस्यताको अन्त्य गर्न र सदस्यहरुलाई गुणस्तरिय सेवा प्रवाह गर्नका लागि मर्जर अपरिहार्य रहेको साथै वर्तमान अवस्थामा सहकारी संस्थाहरुको विषयमा सरकार र सञ्चार आतंकबाट बचाउन विशेष भूमिका अभियानले निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा काभ्रेपलाञ्चोकका ३ वटा संस्थाहरु सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., बिन्धबासीनी बचत तथा ऋण सहकारी संस्था लि. र चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरका २ वटा संस्थाहरु श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. र सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लि. दोलखाका ३ वटा संस्थाहरु जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि., एकिकृत फ्रेण्डशिप बचत तथा ऋण सहकारी संस्था लि. र शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि. साथै रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लि. बाट अध्यक्ष, पदाधिकारी र उच्च ब्यवस्थापन समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

एक्सेस कार्यक्रममा सहभागी संस्थाहरुको समूह समूह बनाएर तीन तीन महिनामा सहकारी संस्थाहरुले एक्सेसको ८६ वटै ईण्डिकेटर अन्र्तगत सञ्चालन गरेका गतिविधि तथा एक अर्काको असल अभ्यासको आदन प्रदान गर्ने उद्देश्यका साथ कार्यकुशलता सिकाई तथा ब्यवस्थापन कार्यशाला आयोजना गर्ने गरिएको छ ।
कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) को प्राविधिक सहयोगमा सञ्चालन भएको थियो भने सहजकर्ताको रुपमा नेफ्स्कुनका वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले रहेका थिए । सहजकर्ताले वर्तमान अवस्था र अवको कार्यदिशाको बारेमा सहभागी साकोसहरुलाई मार्गदर्शन गर्दै अब सहकारी संस्थाको जोखिम विश्लेषणको लागि पल्र्स विश्लेषणले मात्र नपुग्ने भएकोले BASSEL II आधारित रहेर बचत तथा ऋण सहकारी संस्थाको विश्लेषण गर्नुपर्ने र सहकारी संस्थामा हुनसक्ने सम्भावित जोखिमहरुको समयमा नै पत्ता लगाई जोखिम न्यूनीकरणको लागि Risk weighted assets & Capital Adequacy Ratio Framework आधारित रहेर विश्लेषण गरी साकोसहरुलाई दिगो र सुरक्षित बनाउनु पर्ने विषयमा सहजीकरण गरेका थिए । आगामी २६ औं कार्यकुशलता सिकाई तथा ब्यवस्थापन कार्यशाला मन्थली साकोस रामेछापको आयोजनामा २०७९ मंसिर २३ गते आयोजना गर्ने गरी ९ वटा विषयमा साझा धारणा सहित निर्णय गर्दै कार्यशाला समापन गरिएको थियो ।