आइतबार, कार्तिक ९ गते २०८३

सामूहिक साकोसको २४औं वार्षिक साधारणसभा तथा स्वास्थ्य शिविर भोलि

भाद्र २३, २०७९ बिहीबार
सामूहिक साकोसको २४औं वार्षिक साधारणसभा तथा स्वास्थ्य शिविर भोलि


भक्तपुरका स्थित सामूहिक साकोसले भाद्र २४ गते संस्थाको २४औं वार्षिक साधारण सभा गर्ने आयोजना गरेको छ । 
सभाले संस्थाको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०७९/०८० को लागि अनुमानित बजेट पास गर्ने, बाह्य लेखा परिक्षक नियुक्तीका साथै शेयर लाभांश र संरक्षित पूँजी फिर्ताकोष वितरण सम्बन्धी निर्णय गर्ने संस्थाले जनाएको छ । 
भोलि थापा पार्टी प्यालेस सूर्यविनायकमा हुने सभामा दन्त, सुगर, प्रेसरको निःशुल्क तथा सहुलियत दरमा थाइराइड परिक्षणको सुविधा रहेको संस्थाले जनाएको छ ।

सम्पूर्ण शेयर सदस्यहरुलाई सभामा उपस्थित हुन साथै स्वास्थ्यशिविरबाट लाभसमेत लिन संस्थाले अपील गरेको छ ।