शनिबार, आश्विन १७ गते २०८३

बैंक अफ काठमाण्डूले ल्यायाे चाडपर्वलक्षित क्यासब्याक याेजना

भाद्र २२, २०७९ बुधबार
बैंक अफ काठमाण्डूले ल्यायाे चाडपर्वलक्षित क्यासब्याक याेजना

चाडपर्वलाई लक्षित गरी बैंक अफ काठमाण्डूले डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई–कमर्श कारोबारमा नगद फिर्ता योजना ल्याएको छ । बैंकको कार्डबाहक सेवाग्राहीले विभिन्न ई–कमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा १० प्रतिशत वा अधिकतम १५ सयसम्म नगद फिर्ता पाउनेछन् ।

नगद फिर्ता योजना भदौ २२ गतेबाट सुरु हुनेछ । यो योजना अन्र्तगत बैंकको कार्डबाहकले नगदफिर्ताका लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ई–कमर्स कारोबार गर्नुपर्ने छ । कारोबार रकम १० हजार वा सो भन्दा बढि हुनपर्नेछ । यदि कसैको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने बैंकको वेवसाइटमा गई आफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नेछन् ।