दोलखाको चरिकोटमा रहेको परोपकार महिला साकोसद्वारा वित्तीय साक्षरता तथा सदस्य शिक्षा शिविर कार्यक्रम गरेको छ ।
आफ्ना सदस्यलाई आम्दानी, खर्च, बचत, ऋण, बीमा तथा विप्रेषण सेवा लगायतका विषयमा जानकारी गराउने उदेश्यले सञ्चालित संस्थाले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको सहजिकरण संस्थाकी अध्यक्ष शर्मिला सापकोटा र कोषाध्यक्ष भवानी खड्काले गरेका हुन् ।
कार्यक्रममा संस्थाको सदस्यता लिन बाँकी व्यक्तिहरुलाई नयाँ सदस्यता वितरण गरिएको थियो । कार्यक्रममा सञ्चालक सदस्य सुनिता पोखरेल, ऋण समिति सदस्य शान्ति नेपाल, लघुवित्त उप(समिति सदस्य देवकी खड्का र बरिष्ठ सहायक चण्डिका घिमिरे सुबेदीको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाकी ऋण समिति सदस्य शान्ति नेपालले गरेकी थिइन् ।
