आइतबार, कार्तिक ९ गते २०८३

सामुदायिक साकाेसद्वारा महिला सदस्यलाई सेनेटरी प्याड बनाउने तालिम

भाद्र १९, २०७९ आइतबार
सामुदायिक साकाेसद्वारा महिला सदस्यलाई सेनेटरी प्याड बनाउने तालिम

 

सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले एक दिने सेनेटरी प्याट बनाउने तालिम दिएको छ । संस्थाको महिला उपसमितिको आयोजना तथा कुन्ताबेशी सेवाकेन्द्रको ब्यवस्थापन तालिम दिइएको हो । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं ७ स्थित कुन्तावेंशी सेवा केन्द्रको सभाहलमा सामुदायिक साकोसका महिला उपसमिति संयोजक मनिका शाक्यको सभाध्यक्षता तथा मण्डन देउपुर न.पा. वडा नं ७ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा उक्त तालिम कार्यक्रम सम्पन्न भएको हो । 

संस्थाका महिला उपसमिति सदस्य रञ्जु बास्तोलाले स्वागत मन्तब्य र कुन्ताबेशी सेवाकेन्द्र सञ्चालन तथा ब्यबस्थापन उपसमितिका सदस्य बिमला पौडेलले आफ्नो मन्तब्य राखेकी थिइन् । 

४१ जनाको सहभागिता रहेको तालिममा प्रमुख अतिथि पौडेलले तालिमबाट प्राप्त ज्ञान र सीपलाई ब्यवहारमा उतारी व्यवसायी बन्न सहभागीहरूलाई अनुरोध गरे ।  संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले सामुदायिक साकोसको बारेमा छोटो परिचय दिँदै संस्थाले सदस्यको माग र आबश्यकता बमोजिम ब्यबहारिक तथा उपलब्धीमुलक तालिम कार्यक्रमहरू आयोजना गर्दै जाने उल्लेग गरे । 

तालिममा प्रशिक्षकहरू रसिला मोक्तान र चन्द्रमाया श्रेष्ठले प्रयोगात्मक तरीकाबाट तालिममा सहभागीहरूलाई प्रशिक्षण गराउनु हुदै महिलाहरूको लागि  उपयोगी सेनेटरी प्याड घरायसी तरीकाबाट बनाउन सिकाएका थिए। सहभागीहरूले पनि उत्सुक भएर सिकेको भन्दै सहभागीहरूको तर्फबाट यस्ता तालिम तथा महिला शसक्तीकरण सम्बन्धी थप कार्यक्रमहरूको अपेक्षा गरिएको जनाए । 

samudaiy pad talim.jpg