आइतबार, कार्तिक ९ गते २०८३

सहकारीमा एकिकरणको लहर, आज ११ सहकारीले एकिकरणमा सम्झौता  गर्दै

भाद्र १८, २०७९ शनिबार
सहकारीमा एकिकरणको लहर, आज ११ सहकारीले एकिकरणमा सम्झौता  गर्दै


पछिल्लो समय सहकारीमा एकिकरणको लहर चलेको छ । बजारमा तरलता अभाव बढेसँगै सहकारीहरु एक आपसमा एकिकरण भएर ठुलो संस्था बन्न थालेका छन् । स सानो संस्था धेरै रहनु भन्दा एकिकरण मार्फत ठुलो संस्था बनेर कारोवार गर्दा वितिय बजारमा आउने यस्ता समस्या समाधानमा सहज हुने भन्दै संस्थाहरु एीककरणमा जुटेका हुन् ।

यस अघि ५ वटा र हिजो मात्रै ९ वटा सहकारीले एकिकरणको लागि सम्झौता गरेका छन् । त्यसैेगरी आज काठमाडौंका ११ वटा संस्थाहरु एक आपसमा एकिकरण हुन  लागेका हुन् । आज दिउसो ५ बजे औपचारिक कार्यक्रम गरी एकिकरण सम्झौता हुने भएको छ ।

एकिकरण सम्झौता गर्न लागेका सहकारीहरुमा न्युरोडको शुक्रपथ बहुउद्धेश्यीय सहकारी, बलाजुको मेगाड्रिम बहुउद्धेश्यीय सहकारी, बागबजारको सर्वोत्तम बहुउद्धेश्यीय सहकारी, चाबहिलको लक्ष्यराइज बचत तथा ऋण सहकारी, कलंकीको उषाकिरण बचत तथा ऋण सहकारी र नयाँ बानेश्वरको सूर्यदेव बचत तथा ऋण सहकारी रहेका छन् ।

त्यसैगरी तारकेश्वरको योजना बहुउद्धेश्यीय सहकारी, न्युरोडको हनुमानढोका  सहकारी र दुर्गा माश्रिता बचत तथा ऋण सहकारी, न्युरोडको पिपल श्रोता बहुउद्देश्यीय सहकारी र हातिसारको माउण्ट अपि बचत तथा ऋण सहकारी एकिकरण हुने भएका हुन् ।