आइतबार, कार्तिक ९ गते २०८३

उपत्यकाका ९ वटा सहकारीले गरे एकिकरणका लागि सम्झौता, ६१ हजार सदस्य पुग्ने

भाद्र १७, २०७९ शुक्रबार
उपत्यकाका ९ वटा सहकारीले गरे एकिकरणका लागि सम्झौता, ६१ हजार सदस्य पुग्ने

काठमाडौं र ललितपुरमा रहेका ९ वटा सहकारीबीच एकिकरण हुने  भएको छ । ति संस्थाले आज एक औपचारिक कार्यक्रमको आयोजना गरि एकिकरणको लागि सम्झौता गरेका हुन । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  न्यूरोडको जीवनदिप, कोटेश्वरको सदस्य सेवा, कुलेश्वरको शुभलाभ, भोटाहिटीको शुभरत्न, न्यूरोडको अष्ट, चाबहिलको एभरट्रष्ट, चाबहिलकै सर्वोच्च संमृद्धि  तथा कुमारीपाटीको गंगाजल बहुउद्देश्यीय र न्युरोडको हाम्रो सेवा बहुउद्देश्यीय सहकारीले एकिकरणको  सम्झौता गरेका हुन् ।

जसमा सात वटा बचत तथा ऋण सहकारी र दुई वटा बहुउदेश्यीय सहकारी संस्था रहेका छन् । एकिकरण पछि संस्थाको नाम शुभ सेवा बचत तथा ऋण सहकारी संस्थाा राखिने भएको छ । एकिकरणका लागि शुभलाभका अध्यक्ष याम्बरबहादुर कार्की, जीवनदीपका छत्रबहादुर बस्नेत, सदस्य सेवाका अध्यक्ष शितलप्रसाद शर्मा, शुभरत्नका अध्यक्ष भवानी पोखरेल, एभरट्रष्टका अध्यक्ष दीपक थापा मगर, गंगाजलका अध्यक्ष नीरबहादुर श्रेष्ठ, हाम्रो सेवाका अध्यक्ष सुरेश शर्मा, अष्टका अध्यक्ष अनिल खड्का, सर्वोच्च संमृद्धिका अध्यक्ष एकराज बस्नेतले हस्ताक्षर गरे। 

 एकीकृत संस्थाको अध्यक्ष यम्बर कार्की र कार्यकारी प्रमुखमा शितलप्रसाद शर्मा रहने छन् । संस्थाको उपाध्यक्षमा छत्रबहादुर बस्नेत, सचिवमा दीपक थापा मगर, कोषाध्यक्ष भवानी पोखरेल र सञ्चालकमा नीरबहादुर श्रेष्ठ, सुरेश शर्मा, अनिल खड्का हुनेछन् । लेखा समितिको संयोजकमा एकराज बस्नेत र सदस्यहरुमा प्रेमबहादुर बस्नेत र कृष्ण पौडेल रहने सहमति भएको छ । एक महिनाभित्र साधारणसभा गरी तीन महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने सहमति भएको छ ।

एकिकरण पछि संस्थाको कुल कारोवार ६ अर्ब ४९ करोड ३९ लाख र शेयर पुँजी २७ करोड २९ लाख ६५ हजार हुनेछ ।
त्यसैगरि ४ अर्ब ८९ करोड ६५ लाख निक्षेप संकलन गरी ५ अर्ब ३० करोड २८ लाख कर्जा प्रवाह हुने छ । संस्थाका सदस्य ६१ हजार ७ सय ४९ जना पुग्नेछन्। संस्थाका ऋणी सदस्य २ हजार ६३ जना हुनेछन् । संस्थाको तरलता ९७ करोेड ८९ लाख अर्थात २० प्रतिशत रहेको छ । 

एकिकरण हस्ताक्षर कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले तरलता व्यवस्थापन अहिलेको मुख्य समस्या रहेको बताउदै धेरै सहकारी एकिकरण हुँदा पूँजी निमार्ण भई समस्या समाधान गर्न सकिने बताए । पारदर्शी रुपमा सहकारी सञ्चालन भए सदस्यको विश्वास बद्ने भन्दै उनले अहिलको तरलता समस्या समाधानका लागि निरन्तर सदस्यसँग कमा रहनु पर्ने बताए ।
एकीकृत प्रस्तावित संस्थाका अध्यक्ष कार्कीले एकिकरणले संस्थाको वितिय सुचाङक बृद्धि हुने भएकाले सदस्यलाई ढुक्क भएर कारोवार गर्न आग्रह गरे । आफुहरुले पहिलेदेखि नै एकिकरणको लागि सोचिरहेको भन्दै उनले अहिलेको अबस्थाले एकिकरणमा जान बाध्य बनाएको बताए ।