शनिबार, आश्विन १७ गते २०८३

इच्छाराज तामाङको सपरिवार नै सम्पत्ति शुद्धिकरणमा तानिए

भाद्र १६, २०७९ बिहीबार
इच्छाराज तामाङको सपरिवार नै सम्पत्ति शुद्धिकरणमा तानिए

 

सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङको सपरिवार सम्पत्ति शुद्धिकरणको राडारमा परेका छन् । करिब ५ अर्ब भन्दा बढि रकम ठगी गरी सम्पत्ति शुद्धिकरण गरेको आशंकामा तामाङ परिवारको अनुसन्धान थालेको सम्पत्ति शुद्धिकरण विभागले निज तामाङ, उनकी पत्नी र दुई छोरीको समेत त्यसमा संलग्नता देखिएको जनाएको छ । 

सिभिल सहकारी संस्था ठगी गरी सम्पत्ति शुद्धिकरणमार्फत अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै विभागले अनुसन्धान अघि बढाएको थियो । 

विभागका अनुसार तामाङले सिभिल सहकारी ठगी गरी ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेका छन् । तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धानमा फेला परेको छ ।

त्यस्तै छोरी प्रतिक्षाले ६ करोड माथि र प्रतिशाले करिब २ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ भने सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ । 

तामाङ र उनको परिवारले सिभिल सहकारी संस्थामा बचतकर्ताले राखेको रकम आफूखुसी चलाएर सम्पत्ति शुद्धीकरणको प्रयास गरेकाे देखिन्छ ।