कागेश्वरी मनोहरा नगरपालिका वडा न.९ काँडाघारीमा रहेको महाकाली बचत तथा ऋण सहकारी संस्थाले तिज विशेष कार्यक्रम आयोजना गरेको छ ।
संस्थामा आबद्ध महिला सदस्यहरुलाई तिजको अबसरमा दर खुवाउने उदेश्यका साथ तिज विशेष कार्यक्रम आयोजना गरिएको हो । विगतका बर्षहरुमा कोरोना भाईरसका कारण यस्ता कार्यक्रमहरु आयोजना गर्न नसकिए पनि यो वर्ष अवस्था सामान्य रहेकाले तिज कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बालकुमार बास्तोलाले बताए ।

सान बैन्कटमा आयोजना गरिएको कार्यक्रममा महिला सदस्यहरुको उलेख्य सहभागिता रहनुका साथै उल्लासमय वातावरणमा तिज कार्यक्रम सम्पन्न गरिएको उनले जनाए । कार्यक्रममा तिजको शुभकामना आदान प्रदान गर्नुका साथै सांगितिक साझ समेत रहेको थियो । जिल्ला सहकारी संघ काठमाण्डौका अध्यक्ष ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा कागेश्वरी न.पा. वडा न.का अध्यक्ष अनिल थापाको समेत उपस्थिती रहेको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति संस्थाका अध्यक्ष बास्तोलाले धन्यबाद ज्ञापन गरे ।