शनिबार, आश्विन १७ गते २०८३

माछापुच्छ्रे बैंकका कार्ड होल्डरलाई मोको वालेटको सुविधा

भाद्र १३, २०७९ सोमबार
माछापुच्छ्रे बैंकका कार्ड होल्डरलाई मोको वालेटको सुविधा

 

माछापुच्छ्रे बैंकले फोकसवान पेमेन्ट सोलुसन्स द्वारा संचालित मोको डिजिटल वालेटसँग सहकार्य गर्ने भएको छ । 

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् । ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाईल टपअप, इन्टरनेटको, बिजुली ,खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

यसैगरी, बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे को माध्यमबाट १५ सयभन्दा बढि विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरि रकम भुक्तानी समेत गर्न सक्नेछन् । त्यसैगरी, माछापुच्छ्रे बैंकका मर्चेन्टहरुले एमभिसा, अलिपे र युनियन पेसंग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको क्युआर बाटै भुक्तानी लिन सक्नेछन् ।