आइतबार, कार्तिक ९ गते २०८३

जनता साकोसद्धारा तीज विशेष कार्यक्रम आयोजना

भाद्र ११, २०७९ शनिबार
जनता साकोसद्धारा तीज विशेष कार्यक्रम आयोजना

सूर्यबिनायक नगरपालिका वडा नं.४ चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकी संस्थाले तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।  

कोबिड १९ का कारण बिगत दुई बर्षदेखि  तीज विषेश  कार्यक्रम नगरिएको  यस पटक  भव्य कार्यक्रम गरी तीज मनाएको हो ।  संस्थाको नारी, बालबालिका तथा ज्येष्ठ नागरिक बिकास उपसमितिको आयोजनामा बृहत हरितालिका तीज २०७९ शुभकामना आदान प्रदान कार्यक्रम भब्यताका साथ उल्लासमय रुपमा समपन्न  भएको संस्थाले जनाएको छ । 

301227204_838502927342349_657060566998698428_n.jpg

उक्त कार्पक्रममा संस्थाका ४०० जना भन्दा बढी नारी सदस्यहरुको सहभागिता रहेका थिए । उक्त कार्यक्रममा उपसमितिका संयोजक चन्द्रमाया श्रेष्ठ, महिला संचालक सदस्य कृष्णकेशरी प्रजापती र अध्यक्ष राजेशकुमार राजथलाले नेपाली नारीहरुको महान चाँड हरितालिका तीज २०७९ को उपलक्ष्यमा शुभकामना ब्यक्त गरेका थिए ।