आइतबार, कार्तिक ९ गते २०८३

तपाई हाम्रो बहुउदेश्यीय सहकारीको स्थापना दिवसमा सदस्यलाई सम्मान

भाद्र ११, २०७९ शनिबार
तपाई हाम्रो बहुउदेश्यीय सहकारीको स्थापना दिवसमा  सदस्यलाई सम्मान

तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले १५ औं बार्षिक उत्सव मनाएको छ ।  बार्षिक उत्सवको अवसरमा संस्थाले तिज बिशेष कार्यक्रम समेत गरेको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासघंकी वरिष्ठ उपाध्यक्ष ओम देवी मल्लको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा सस्थाको लघुबित्त कार्यक्रम अन्तर्गत उत्कृष्ट केन्द्रहरु र  उत्कृष्ट सदस्यलाई पुरस्कृत तथा सम्मानित गरिएको छ। उत्कृष्ट केन्द्र अन्तर्गत केन्द्र नं ५८ मिलिजुली महिला केन्द्र, केन्द्र नं ५ बिष्णु देवि महिला केन्द्र र केन्द्र नं १० सन्तोषी माता महिला केन्द्र रहेका छन प्रत्येक केन्द्रलाई ५ हजार नगद सहित पुरस्कृत गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट सदस्य बनदेवि महिला केन्द्रकी शुस्मा शाह,  दक्षिणकाली महिला केन्द्रकी सुनिता थापा मगर र शिव शक्ति महिला केन्द्रकी मुना भट्टराई २ हजार ५ सय नगद सहित पुरस्कृत भएका हुन् । कार्यक्रममा प्रमुख अतिथि मल्लले देशको आधा हिस्सा महिलाले ओगटेझै सहकारी क्षेत्रमा आवद्ध ७७ लाख जनसंख्या मध्ये करिव ५६ प्रतिशत महिला सदस्यको आवद्धता रहेको बताइन् । उनले महिला हरुको सहकारी क्षेत्रमा मह्त्वपुर्ण भुमिका रहेको भन्दै सहकारी क्षेत्रले महिला हकहित संरक्षण, ब्यक्तित्व र नेतृत्व बिकासको लागि उल्लेखनीय कार्य गर्दै आइरहेको बताइन् ।

कानुनमा उल्लेख भए अनुसार महिलाको सहकारी क्षेत्रमा प्रयाप्त नेतृत्व र स्थान नभएको कारण महिला सदस्यहरुले पनि आफ्नो ब्यक्तित्व र क्षमता बिकास गरि नेतृत्व लिन तयार हुनुपर्ने बताइन् । संस्थाका अध्यक्ष मनोज कुमार थापा मगरले देशको अर्थतन्त्रमा, बित्तिय क्षेत्रमा, युवा तथा महिला शक्तिकरण, रोजगारी र उद्यमशिलता, कृषि लगायतका क्षेत्रमा सहकारीको योगदान रहेको बताए ।

उनले केही  सहकारीको कमजोरी र लापरबाहीको कारण तथा ऐन कानुनको पुर्ण पालना नगरी सस्था चलाउनाले सहकारी क्षेत्रको बिश्वस्नियता माथि शंका उत्पन्न हुन थालेको बताए । तपाइ हाम्रो बहुउद्देश्यीय सहकारी समुदायमा आधारित उत्कृष्ट संस्था रहेकोले सदस्यले एकजुट भै संस्थाको संरक्षण, बिकास र प्रवर्धनमा हातेमालो गर्न अपिल गरे ।