विज्ञापन बोर्डले पत्रपत्रिकालाई प्रकाशन गर्न पठाएको एक सन्देशले बैंक तथा वित्तीय संस्थाको विश्वसनीयतामाथि पनि सन्देश प्रकट भएको छ । यस अघि “सहकारी लगायत वित्तीय संस्थामा रकम जम्मा गर्दै हुुनुहुन्छ” सर्वसाधारणलाई सूचित गरिएकोमा बोर्र्डले सच्याएर पठाएकोमा “बैंक, वित्तीय संस्था तथा सहकारीमा रकम जम्मा गर्दै हुनुहुन्छ” भन्ने वाक्यांश राखिएको छ ।
पहिले पठाइएको सन्देशले सहकारीमाथि गलत आक्षेप लागेको भनेर विरोध भएको थियो । तर सच्याएर आएको भनिएको सन्देशले त बैंक तथा वित्तीय संस्था माथि नै सन्देश गर्नुपर्ने जस्तो आशय प्रकट भएको छ ।
सन्देशमा कसैले पनि आफूले रकम जम्मा गर्न लागेको संस्थाको विश्वसनीयता जाँच गर्न भनिएको छ । एक जना ग्राहकले बैंक तथा वित्तीय संस्थामा पैसा राख्नु अघि कसरी विश्वसनीयता जाँच गर्ने ? यसले गर्दा बोर्डले दिन खोजेको सन्देश झनै विवादास्पद भएको वित्तीय संस्थाका सञ्चालकले जनाएका छन् ।
