सिभिल क्यापिटलले सिभिल सहकारीमा मुद्धतिमा राखेको झन्डै १२ करोड रकम डुबेको छ। केहि महिना अगाडि क्यापिटलले मालपोत कार्यालय कलंकी अन्तरगत पर्ने सिभिल हाउजिङ फेज २ को कम्पाउण्डमा रहेको केहि रोपनी जग्गा रोक्का गरि इन्जिनियरबाट करिब १३ करोडको मूल्यांकन समेत गराई रकम उठ्नेमा बिस्वस्त रहेकोमा उक्त रोक्का गरेको जग्गा बेचबिखन गर्न नमिल्ने स्वीमिङ पुल परेछ ।
सिभिल क्यापिटलको चुक्ता पूजी २१.२५ करोड मध्ये सिभिल बैकको क्यापिटलमा ७० प्रतिशत अर्थात १४.८७ करोड लगानी छ । क्यापिटलको १२ करोड रकम डुबे संगै वैकको पनि ८.४५ करोड लगानी डुब्ने निश्चित भएको छ । उक्त १२ करोड रकम सिभिल क्यापिटलमा मुद्दतिमा राख्दा सिभिल बैकका कम्पनी सचीव हिराकाजी बस्नेत २०७५-०७६ क्यापिटलमा बैकको प्रतिनिधित्व गर्दै संचालक रहेका थिए ।
उनी त्यस समयका इच्छा राजका बिश्वास पात्र र कानुनी सल्लाहकार समेत हुन । उक्त समयमा इच्छा राज तामाङकी श्रीमती शृजना शाक्य समेत क्यापिटलमा संचालक थिईन । यी दुई संचालकको दवावमा उक्त १२ करोड रकम सिभिल सहकारीमा मुद्दतिमा राखिएको एक पुर्व संचालकले बताए । क्यापिटलमा यस्ता गतिविधि बढ्न थालेपछि उनी संचालक समितिबाट बाहिरिएका थिए ।