देशको आर्थिक तथा वित्तीय स्थिति यस्तो, राष्ट्र बैंकले सार्वजनिक गर्यो तथ्यांक
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्याङ्कमा आधारित देशको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष आर्थिक तथा वित्तीय सुचकांकहरु संक्षेपमा निम्नानुसार रहेका छन् ।
- वार्षिक औसत मुद्रास्फीति ६.३२ प्रतिशत रहेको छ ।
- आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात २८.७ प्रतिशतले र निर्यात ४४.४ प्रतिशतले बढेको थियो ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले बढेको छ ।
- शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको थियो ।
- कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
- विस्तृत मुद्राप्रदाय ६.८ प्रतिशतले बढेको छ ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ ।
- २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.५० खर्ब ८३ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४६ खर्ब २१ अर्ब पुगेको छ ।