आइतबार, कार्तिक ९ गते २०८३

नेफ्स्कुन पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई

श्रावण ३१, २०७९ मंगलबार
नेफ्स्कुन पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई

नेफ्स्कुनले हरेक वर्ष प्रदान गर्दै आएको नेफ्स्कुन पत्रकारिता पुरस्कार यस वर्ष नेपालपत्रन्यूज डटकमका सम्पादक माधवकुमार खड्कालाई प्रदान गर्ने घोषणा गरेको छ । 

नेफ्स्कुनको ३५औं स्थापना दिवसको अवसरमा आज आयोजित औपचारिक कार्यक्रममा सो पुरस्कार घोषणा गरेको हो । नेफ्स्कुनका पुरस्कार उपसमिति संयोजक एवं निवर्तमान अध्यक्ष डिबी बस्नेतले घोषणा गरेका हुन् । स्थापना दिवसमा घोषणा गरिएको पुरस्कार वार्षिक साधारणसभाका दिन प्रदान गरिने नेफ्स्कुनले जनाएको छ । 

विगत एक दशकदेखि पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रका विविध विषयवस्तु  खड्काले कलम चलाउँदै आएका छन् । सहकारी अभियानका विविध आयामलाई उजागर गर्नुका साथै पत्रकारिताका माध्यमबाट सहकारीको प्रवर्द्धन एवं खबरदारीमा उनको योगदान रहेको छ ।