आइतबार, कार्तिक ९ गते २०८३

नेफ्स्कुनको ३५औं स्थापना दिवसमा उत्कृष्ट सम्मान तथा पुरस्कार घोषणामा को को परे?

श्रावण ३१, २०७९ मंगलबार
नेफ्स्कुनको ३५औं स्थापना दिवसमा उत्कृष्ट सम्मान तथा पुरस्कार घोषणामा को को परे?

 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ३५औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार घोषणा गरेको छ।

स्थापना दिवसको अवसरमा काठमाण्डौमा आयोजित विशेष कार्यक्रम विभिन्न संघसंस्था, अग्रज तथा व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार घोषणा गरेको हो । नेफ्स्कुन संस्थापक पुरस्कारबाट महिला तर्फ नारीसेवा साकोस भक्तपुरकी अध्यक्ष सहाना पसखल र पुरुषतर्फ चितवन बचत संघका पूर्व अध्यक्ष धनप्रसाद श्रेष्ठलाई छनौट गरेको छ । नेफ्स्कुन सर्वोत्कृष्ट संस्थामा ग्रामीण साकोस, सुस्ता र नेफ्स्कुन सर्वोत्कृष्ट महिला संस्था बछ्यौली नारी चेतना साकोस चितवन रहेको छ । 

त्यसैगरी अभियान तर्फको मुलुकभरकै उत्कृष्ट व्यवस्थापकमा बिन्धबासिनी साकोसका प्रमुख कार्यकारी अधिकृत के बी लामा छनौट भएका छन् । प्रदेश १ बाट दाम्रभिट्टा साकोसका व्यवस्थापक सोमनाथ अर्याल, मधेस प्रदेशबाट स्वस्तिक साकोसका व्यवस्थापक विनोद कुमार थापा, बागमती प्रदेशबाट सामुहिक साकोसका व्यवस्थापक कविन्द्र धौबञ्जार, गण्डकी प्रदेशबाट मध्यनेपाल साकोसका व्यवस्थापक नरभुपाल भुषाल, लुम्बिनी प्रदेश सिको साकोसका व्यवस्थापक हरिहर पौडेल, कर्णाली प्रदेशबाट जनकल्याण साकोसका व्यवस्थापक खोमलाल न्यौपाने तथा सूदुर पश्चिमबाट जनकल्याण साकोस, कैलाली छविलाल जैसी रहेका छन् । 

त्यसैगरी प्रदेशस्तरबाट उत्कृष्ट संस्थामा प्रदेश १ बाट लेटाङ साकोस, मोरङ, २ बाट संकल्प साकोस, रौतहट, ३ बाट चण्डेश्वरी साकोस, बनेपा, ४ बाट सप्तकोशी साकोस, गोरखा, ५ बाट अन्धकारमुक्ति  साकोस, पाल्पा, ६ बाट समाजकल्याण साकोस, सुर्खेत र ७ बाट एकता प्रगतिशिल साकोस, कैलाली रहेका छन् । 

नेफ्स्कुन अग्रज व्यक्तित्व सम्मानमा सिता भट्टराई, इलाम र महेन्द्र ढकाल, सिन्धुली घोषित भएका छन् भने सहकारी विद्वता पुरस्कार देवमर्जन बस्न्यात घोषित भएका छन् । संघ तर्फ जिल्ला बचत संघ सर्लाही रहेका छन् । 

nefscun day 2.jpg