आइतबार, कार्तिक ९ गते २०८३

स्थापना दिवसमा परोपकार महिला साकोसद्धारा विद्यालयलाई स्टेसनरी प्रदान

श्रावण ३०, २०७९ सोमबार
स्थापना दिवसमा परोपकार महिला साकोसद्धारा विद्यालयलाई  स्टेसनरी  प्रदान

दोलखाको चरिकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्था   स्थापनाको  ११ औं वर्ष पूरा भई  १२ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले हरेक स्थापना दिवसमा सामाजिक कार्य गर्दै आई रहेकोले १२ औं स्थापना दिवसको अवसरमा भीमेश्वर ९ स्थित बुद्व प्राथमिक विद्यालयका ४० जना विद्यार्थीहरूका लागि स्टेसनरी तथा खेलकुदका सामग्री  प्रदान गरेको छ । संस्थाले  सो अवसरमा कपी ४० दर्जन,पेन्सिल २० दर्जन, डट्पेन २० दर्जन, लुडो २ वटा , व्याडमेन्टन २ थान र भलिबल १ थान प्रदान गरेको हो ।

संस्थाका  सञ्चालक समिति र कर्मचारीको उपस्थितिमा विद्यालयमा  एक कार्यक्रमको आयोजना  गरि  उक्त सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा  विधालयकी प्र.अ. जुना विश्वकर्मा ,विधालय व्यवस्थापन समिति सदस्य जित बहादुर तमाङ र सहकारी संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले मन्तव्य राखेका थिए।  कार्यक्रम संस्थाकी उपाध्यक्ष अप्सरा चौलागाईले सञ्चालन गरेकी थिइन ।

संस्थाले यस अबधिसम्म आईपुग्दा १९ सय ४६  शेयर सदस्य र ३९९  जना वाल बचतकर्तालाई वितिय सेवा दिन सफल भएको छ ।  संस्थाको २०७९ अषाढ मसान्तसम्म कूल पूँजी  १४ करोड १२लाख,४०  हजार पुगेको छ । संस्थाले यस अवधिमा सदस्यहरूलाई बचत ऋणको अलवा विभिन्न  सीपमूलक र सामाजिक कार्य गर्दै आएको छ । संस्थाले नेफ्सकूनबाट सञ्चालित जोखिममा आधारि साकोस सुपरिवेक्षण  कार्यक्रममा सम्झौता गरि ब्राण्ड प्राप्त गर्न आफ्ना सूंचकहरूलाई पूरा गराउदै लाने प्रयास गरिरहेको जनाएको छ ।


     संस्थालाई यो गतिमा ल्याउन मूख्य भूमिका निर्वाह गर्ने संस्थाका शेयर सदस्य , बाल बचतकर्ता लगायत संस्थामा कार्यरत कर्मचारी,सञ्चालक समिति,विभिन्न उप समिति तथा सम्पूर्ण  सहकारी अभियान तथा शुभ चिन्तकहरूमा  अध्यक्ष सापकोटाले आभार व्यक्त  गरिन् ।  साथै  आगामी दिनमा संस्थालाई अझ गतिमा पुर्‍याउन सदस्यहरूको उल्लेखनीय भूमिका रहने  उनले बताइन ।

298610957_1574292942966297_1609187391869679947_n.jpg