सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आगामी ४ वर्षभित्र कुल वासलात ८ अर्ब ७५ करोड पुर्याउने लक्ष्य लिएको छ । संस्थाले आ।व। २०७९ देखि २०८३ सम्मको चार वर्षे रणनीतिक योजना प्रस्तुत गर्दै संस्थाको कुल वासलात ८ अर्ब ७५ करोड ९८ लाख १० हजार ३ सय ३९ रुपैयाँ बनाउने लक्ष्य लिएको हो ।
वार्षिक समिक्षा तथा रणनीतिक बैठकमा संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकारले उक्त बजेट पेश गदैर् रणनैतिक योजनामा सदस्यता बृद्धि, कार्यक्षेत्र विस्तार, संस्थागत कोष, सदस्य सेवा सन्तुष्टि र संस्थागत ब्राण्डलाई आधार मानेर तयार गरिएको उनले जानकारी दिए ।
पनौती नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत तथा स्थानीय सहकारी रजिस्ट्रार इन्द्रप्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष प्रकाश बन्जाराको अध्यक्षतामा बैठकमा बसेको हो । बैठकमा संचालक समिति, लेखा सुपरिवेषक्षण समति, सल्लाहाकार, परामर्शदाता, विभिन्न विषयतग उपसमिति, सेवा केन्द्र संचालन तथा व्यवस्थापg उप समिति सदस्य तथा उच्च व्यवस्थापन तहका कर्मचारी र सेवाकेन्द्र प्रमुखहरुको सहभागिता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले गत आ.व. २०७८/०७९ को समीक्षात्मक प्रगति प्रतिवेदन र आगामी चारवर्षे रणनीतिक योजनाको लागि प्रस्तावित योजना पेश गरे । प्रतिवेदनको क्रममा संस्थाले हालसम्म ८ वटा सहकारी संस्थासंग एकीकरण भएको जनकारी गराउँदै आ.व. २०७८र०७९ मा कुल आम्दानीको १०६ प्रतिशतको लक्ष्य हासिल भएको जानकारी दिइएको थियो ।