भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले एक अपिल जारी गर्दै सहकारी मुल्य मान्यता र सिद्धान्त विपरित काम गर्ने, निजी स्वार्थ पूर्ति गर्न खोज्ने केहि व्यक्ति र समुहका कारण सहकारी संस्थाहरुमा समस्या देखा परेको जनाएको छ ।
सर्वसाधारणको बचत दुरुपयोग गर्ने त्यस्ता सञ्चालकहरुलाई कानुन बमोजिम कारवाही गरी सदस्यहरुको बचत फिर्ता गराउन संघले माग गरेको छ । आगामी दिनमा यसप्रकारका विकृति कम गराउन संघहरुको संलग्नतामा नियमनकारी निकायबाट अनुगमनलाई तीब्रता दिनुपर्नेमा संघले जोड दिएको छ ।
वित्तीय बजारमा देखिएको तरलता अभावलाई ध्यानमा राखी समुदायमा आधारित सहकारी संस्थाहरुले ेवित्तीय अनुशासन मापदण्ड पूर्णरुपमा पालना गरी कारोबार गर्न संघले भनेको छ ।
सहकारी अभियानको तर्फबाट आइतबार जारी गरिएको अपीलबारे भने संघले अनभिज्ञता प्रकट गरेको छ । त्यस बारेमा आफुहरुलाई कुनै जानकारी नभएको विज्ञप्तिमा उल्लेख छ ।